हाइलाइट

विराटनगर पुष्पलाल चौकमा रेमिटको सेवा केन्द्र

विराटनगर पुष्पलाल चौकमा रेमिटको सेवा केन्द्र :: Sahakari Akhabar

विराटनगर । मोरङ ग्रामथान गाउँपालिका वडा नं २ स्थित रेमिट वचत तथा ऋण सहकारी संस्थाले विराटनगर महानगरपालिकाको पुष्पलाल चौकमा सेवा केन्द्र संचालनमा ल्याएको छ । प्रदेश नं एकका प्रदेशसभा सदस्य भीम पराजुलीले बिहीबार एक कार्यक्रमकाबीच केन्द्र उद्घाटन गरेका थिए ।

संचालक समितिमा महिलाहरुमात्र रहेको रेमिटले यसअघि टंकीसिनवारीमा केन्द्र संचालनमा ल्याएको थियो । संस्थाकी अध्यक्ष उमा घिमिरेले सहकारीमा महिला शेयर सदस्य संख्या पनि अत्याधिक रहेको बताउँदै वचत र ऋण परिचालनमा अनुशासित भएर अघि बढ्दै आएको बताइन् ।
 



Leave a comment