हाइलाइट

दक्षिणबाराही महिला बचतको २४ औं वार्षिक साधारण सभा सम्पन्न

दक्षिणबाराही महिला बचतको २४ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । दक्षिणबाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मङ्सिर २४ गते शनिबार यचु पार्टी प्यालेसमा संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको सभापतित्वमा सम्पन्न भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरि बल्लको प्रमुख आतित्थ्यता रहेको थियो ।

सभामा जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको छ । सम्मानीत हुनेहरुमा मनकुमारी भण्डारी, कृष्णकुमारी ओझा, मायाकुमारी कार्की,  बसुन्धरा थापा र जयन्ती ढुंगेल रहेका छन् । त्यसैगरी सभामा एकल तथा स्वनिर्भर महिला सम्मान अन्तर्गत चन्द्रकुमारी बिश्वकर्मा, शुशला मिजार,  नानु सिलवाल, गौरी कार्की,  बुद्धि माया खत्री रहेका छन् ।

सभाले अधिकतम सेयर रहेका सदस्य मुना ढुंगेल तथा ऐच्छिक बचत अन्तर्गत मैया थापामगर त्यसैगरी आवधिक बचत अन्तर्गत खुत्रुके बचतमा अप्सरा ढुंगेललाई सम्मान गरेको छ । साधारण सभामा बाल बचत उत्सव अधिकारी,  बालिका दित्या एस थापा सम्मानीत भएका हुन् ।

सदस्य बृद्धी तर्फ रीता केसी र शारदा खनाल काफले सम्मानीत भएका छन् । संस्थाले एसइई सम्मान समेत गरेको थियो जसमा आश्विन केसी र दिपिका अधिकारी सम्मानीत भएका छन् । त्यसैगरी असल बचतकर्ता मिनकुमारी भण्डारी र असल ऋणी माया मंग्रातीलाई पनि सम्मान गरेको छ ।

संस्थाले पूर्व सञ्चालकहरुलाई पनि सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा पार्वती अधिकारी, पूजा रोका छेत्री थापा र रमिला दवाडी ढुंगेल रहेका छन् । सक्रिय उपसमिति पुरस्कार अन्तर्गत शिक्षा उपसमिति संयोजक शारदा खनाल काफले तथा सदस्यहरू करुणा विष्ट थापा र  मीरा सिलवाल का साथै कर्मचारी सम्मानीत भएका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंककी सिता भट्टराई, नारी सेवा साकोसकी अध्यक्ष सहना पसखल, अमर जोति बचतका अध्यक्ष दामोदर न्यौपाने, सुमधुर बचतका उपाध्यक्ष नरबहादुर घिमिरे, गाम्चा बचतका अध्यक्ष विकास खड्कालगायतको सहभागीता रहेको थियो ।  कार्यक्रम संस्थाकी उपाध्यक्ष शारदा थापाले स्वागत तथा संस्थाकी ब्यवस्थापक दिपा श्रेष्ठ क्षेत्रीले संचालन गरेकी थिइन् ।



Leave a comment