काठमाडौं । गैडाकोटस्थित किसान बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गैंडाकोट होटल दि नारायणीको सभाहलमा आयोजित वार्षिक साधारणसभा एवं निर्णय पुस्तिका प्रमाणीकरण समारोह संस्थाका अध्यक्ष श्रीहरि चालिसेको सभाध्यक्षमा तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन) उपाध्यक्ष श्री शान्ति ढकाल अधिकारीको प्रमुख आतिथ्यता नेफस्कुनकै लेखा तथा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, संस्थाका संस्थापक अध्यक्ष, निर्वतमान अध्यक्ष, पूर्व अध्यक्षको विशिष्ट आतिथ्यता र विभिन्न संघ–संस्थाका प्रतिनिधी, निर्वाचित जनप्रतिनीधि, समिति सदस्यहरु, सेवाकेन्द्र संयोजकहरुको आतिथ्यता रहेको थियो ।
साधारण सभामा उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै किसान बचत तथा ऋण सहकारी संस्था लि. विसं २०५२ सालमा साबिक गैँडाकोट आदर्श गाविस निवासी न्यून आय भएका किसानहरुले राष्ट्रिय धान दिवसको अवसरमा भेला भई आफूले आर्जन गरेको आयबाट नियमित रुपमा बचत गर्न उत्प्रेरित गरी संकलन भएको पुँजी तथा रकमबाट उत्पादन तथा आफ्नो आवश्यकता टार्न सरल र सुलभ तरिकाले कारोबार गर्न सहकारी सिद्धान्त, मूल्य मान्यतामा आधारित सहकारी संस्था रहेको जानकारी दिए । किसान साकोसको चालू आर्थिक वर्षको कुल सम्पत्ति ३ अर्ब ४४ करोड ७९ लाख ५६ हजार रूपैयाँ रहेको र संस्थाले गत आर्थिक वर्षको शेयर पुँजी ३५ करोड १५ लाख ६६ हजार ८ सय रहेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष चालिसेले एकाई साधारण सभावाट प्रतिनिधीको रुपमा चयन भै आउनु भएका ५७ जना प्रतिनिधीहरुलाई माईन्यूटमा लेखिएका निर्णयहरु निर्णायर्थ पेश गरि दस्तखतको लागि आह्वान गर्नु भएको थियो भने सदस्यहरुबाट आएका सुझावहरुलाई क्रमश सुधार गर्दे लाने ब्यहोरा समेत सभा समक्ष राख्नु भएको थियो।
सोही कार्यक्रममा पुष्पाञ्जली आमा समूहको थारू सास्कृतिक नृत्य तथा वाल सदस्य ईलिशा चालिसेको बालनृत्य लगायतका प्रस्तुती तथा संस्थाका विभिन्न विधाहरुमा विजेताहरुलाई पुरस्कार एवं सम्मान गरिएको थियो । कार्यक्रममा बर्ष उत्कृष्ट सुरक्षा गार्ड लाल वहादुर गाहा (जनमुखी सेवाकेन्द्र), वर्ष उत्कृष्ट वजार प्रतिनिधि अस्मिता गुरुङ विक (अरुणखोला सेवाकेन्द्र), डोलमाया गुरुङ (समृद्धि भरतपुर सेवाकेन्द्र), वर्ष उत्कृष्ट समुह परिचालक ज्ञानुमाया चौधरी (पञ्चवटी सेवाकेन्द्र), रमादेवी शर्मा (अमरापुरी सेवाकेन्द्र) वर्ष उत्कृष्ट वचत सहायक सरु लामा (केन्द्रिय कार्यालय), सरिता कतिला (जनमुखी सेवाकेन्द्र) संस्थामा निरन्तर १० वर्ष सेवा गर्ने कर्मचारी सुनिल रेग्मी, वर्ष उत्कृष्ट ईन्चार्ज अनिता थापा (पञ्चदृष्टि सेवाकेन्द्र), वर्ष उत्कृष्ट कर्मचारी अर्जुन प्रसाद पौडेल (केन्द्रीय कार्यालय), उत्कृष्ट सेवाकेन्द्र ३ वटा समृद्धि भरतपुर सेवाकेन्द्र (प्रथम), जनमुखी सेवाकेन्द्र (द्धितिय), सौहार्द सेवाकेन्द्र (तृतीय), उत्कृष्ट सेवा केन्द्र संयोजक जीवनाथ तिमिल्सीना (सप्तरंगी सेवाकेन्द्र), उत्कृष्ट उप–समिति सदस्य ईश्वर रेग्मी (पञ्चदृष्टि सेवाकेन्द्र लघुवित्त उपसमिति) र उत्कृष्ट सञ्चालक पार्वती कुमारी वराललाई प्रदान गरिएको थियो।
साधारण सभाले निर्वाचन उप–समितिका संयोजक रमेश काफ्लेले सर्वसम्मत रुपमा रिक्त पदमा चयन भएका सचिव सरस्वती कंडेल, कोषाध्यक्ष राजेन्द्र गौतम, सह–सचिव दुर्गा प्रसाद चालिसे र सदस्यमा नवराज सापकोटा र दुर्गादेवी कंडेल सापकोटालाई गोपनियताको सपथ ग्रहण गराई प्रमाणपत्र प्रदान गरे ।
नेफ्स्कुन फिल्ड कार्यालय उपसमिति सदस्य, सहज फाउन्डेसन नेपालका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य गोपालप्रसाद गौतमले “समृद्ध सदस्य, दिगो साकोस” नारा सहित किसान साकोस नीति र विधिले चलेको बताए ।
नेफस्कुनका लेखा तथा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाले शुभकामना मन्तव्य राख्दै हाल सहकारीमा देखिएका समस्याहरुका वारेमा प्रस्ट पार्दै नीति विधीमा सञ्चालित सहकारीहरुमा वित्तिय कारोवार गर्न डराउन नपर्ने र यस किसान साकोस सबैलाई सहकारी मूल्य मान्यता स्वनियम सिक्ने सिकाउने उदारहणीय संस्थाका रुपमा विकशित भएकोमा धन्यबाद दिए ,
नेफस्कुनकी उपाध्यक्ष श्री शान्ति ढकाल अधिकारीले किसान बचत तथा ऋण सहकारी संस्थाले ४ अर्व पूँजी पुराएको, सदस्यहरुलाई मोबाईल एप, ट्याबलेट बैंकीङ्ग लगाएतको अत्याधुनिक सेवा सुविधा प्रदान गरेको, सामाजिक कार्यहरु आखादान, रक्तदान र कोभिडको समयमा स्थानिय निकायहरु मार्फत सहयोग गरि उल्लेखनिय काम गरेको बताउदै, हाल सहकारीमा देखिएका वित्तिय संकुचनका अवस्था, कोभिडले साकोस अभियानमा पारेको प्रभावका वारेमा समेत जानकारी दिए । नियामक निकायले सहकारी संस्थालाई हालको अवस्थामा थप विशेष रुपमा हेर्नु पर्नेमा जोड दिए ।
Leave a comment