केन्द्रीय दुग्ध सहकारी संघको निर्वाचन सहितको २८ औं साधारण सभा (सूचना सहित)

केन्द्रीय दुग्ध सहकारी संघको निर्वाचन सहितको २८ औं साधारण सभा (सूचना सहित) :: Sahakari Akhabar

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघको निर्वाचन सहितको २८ औं साधारण सभा पौष ३ र ४ गते हुने भएको छ । संघले सूचना प्रकाशन गरी निर्वाचन सहितको बार्षिक साधारण सभाको निर्णय गरेको जनाएको छ । संघले सूचना प्रकाशन गरि सम्पूर्ण सदस्य दुग्ध उत्पादक सहकारी संघ÷संस्थालाई सहभागीताकोलागि आग्रह समेत गरेको छ ।

सूचनामा संघ / संस्थाको तर्फबाट प्रतिनिधी मनोनयन गरि आधिकारीक लेटर प्याडमा यस संघलाई आ.ब. २०७९ /८० सम्मको बुझाउनु पर्ने वार्षिक शेवा शुल्क सहित उपस्थित गराई दिन हुन अनुरोध गरेको छ ।

संघले बार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन,कार्यविधि सम्बन्धमा साथै संचालक समिति तथा लेखा समितिको निर्वाचन सम्बन्धमा छलफल हुने जनाएको छ । सभा मिनभवनको मिनभवन क्राउन बाक्वौंटमा पौष ३ र ४ गत् विहानको ९ः०० बजे देखि हुने संघका महासचिव रामप्रसाद आचार्यले जनाएका छन् ।

सूचना !!!


 



Leave a comment