नवलपरासी । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको १२ औ सेवाकेन्द्र स्थापना भएको छ । मंसिर १९ गते संस्थाको १२ औ सेवाकेन्द्रको कावासोती नगरपालिका वडा नं १३ का वडाध्यक्ष लालबहादुर गुरूङले उद्धघाटन गरेको हुन् ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले संस्थाको बित्तीय तथा संस्थाबाट उपलव्ध हुने सेवा सुविधाको बारेमा जानकारी गराएका थिए । उनले संस्था २०५४ सालमा स्थापित भइ २५औ वर्षसम्म आइपुग्दा २२ हजार ७५० जना शेयर सदस्य आवद्ध भइसकेको जानकारी दिए । त्यसैगरी संस्थाको १ अर्व ३२ करोडको वासलात पुगेको जानकारी गराए ।
संस्थाका अध्यक्ष मानसिङ खत्रीको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव कुश्माखर काफ्लेले संचालन गरेका थिए । संस्थाका उपाध्यक्ष तुलमणी पौडेलले स्वागत गरेका थिए । सभामा पिठौली सेवाकेन्द्र व्यवस्थापन उप समिति संयोजक मुक्तिबहादुर क्षेत्रीले कुश्नहरी सेवाकेन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउनका लागी सबैको सक्रिय सहभागिता र सहयोगको आवश्यक पर्ने बताए ।
कार्यक्रममा पिठौली आधारभूत विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद लामिछानेले संस्थाले न्यून आर्थिक अवस्था भएका कृषकहरूलाई बचत तथा ऋणका माध्यमबाट आर्थिक स्तर उकास्न सहयोग गर्नु पर्ने र सवैले वचत गर्न जोड गर्नु पर्ने कुरा बताए । कार्यक्रममा कुश्नहरी सेवाकेन्द्रका संयोजक मिना चौधरीेले सेवाकेन्द्रलाई सबैले सहयोग गर्न आवहान गरिन् ।
Leave a comment