हाइलाइट

सामुदायिक सहकारीको अध्यक्षमा शर्मा 

सामुदायिक सहकारीको अध्यक्षमा शर्मा  :: Sahakari Akhabar

बागलुङ । स्याङ्जाको बिरुवा गाउँपालिकामा सञ्चालित सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा ओमनाथ शर्मा चयन भएका छन् । संस्थाको साधारणसभाबाट सञ्चालक समितिको उपाध्यक्षमा हिमालजंग केसी, सचिवमा बम बहादुर राना, कोषाध्यक्षमा चिन्तामणी रेग्मी तथा सदस्यहरुमा निवर्तमान अध्यक्ष कल्याण कुमार पोखरेल, कमल बहादुर खड्का, तारा कार्की, भिमेश्वरी पोखरेल र तिल बहादुर खड्का रहेका छन् । यस्तै सुशिल कुमार उपाध्याय संयोजकत्वमा गोगनसिंह थापा र खडानन्द वाग्ले सदस्य सहित लेखा समिति समेत चयन गरेको व्यवस्थापक शिवराज वाग्लेले जानकारी दिए । 

साधारणसभाले अध्यक्ष कल्याण कुमार पोखरेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष बम बहादुर रानाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक चिन्तामणी रेग्मीले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, व्यवस्थापक शिव वाग्लेले प्रस्तुत गरेको वित्तीय प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।     
 



Leave a comment