काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सरकारको सहयोग बिना सहकारी अभियान अघि बढ्न नसक्ने बताएकी छिन् । स्थानिय तहका सहकारी विभाग हेर्ने कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘सहकारी नियमन तथा प्रवद्र्धन तालिम’ को समापन कार्यक्रममा बोल्दै उनले सहकारी नियमन तथा प्रवद्र्धनमा स्थानिय सरकारको महत्वपूर्ण भूमिका रहको बताइन् । उनले स्थानिय स्तरमा तय गरिने नीति तथा कार्यक्रम, योजनाहरुमा सहकारीलाई प्राथमिकता दिन समेत आग्रह गरिन् ।
असोज २७ गतेदेखि ३१ गतेसम्म संचालित तालिममा सहकारी संघ/संस्थाहरुलाई सुशासित, प्रभावकारी एवं मर्यादित ढंगले संचालन गर्न आवश्यक विधि, प्रक्रिया लगायतका महत्वपूर्ण विषयमा तालिम प्रदान गरिएको थियो । तालिममा संघिय संरचना अन्र्तगत सहकारी, आन्तरिक नियमन प्रणाली, सहकारी संघ/संस्थाहरुको दर्ता प्रकृया, अनुगमन तथा निरिक्षण, एकीकरण प्रकृया, सहकारीको प्रवद्र्धनमा नियमनकारी निकायको भूमिका, सम्पत्ती शुद्धिकरण, कोपोमिसलगायतका बिषयहरु भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलिया सहित सहकारी विभाग, नेपाल राष्ट्र बैकका विज्ञ व्यक्तिबाट प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले संविधानले स्थानिय तहलाई सहकारीहरुको नियमन मात्र नभै प्रवद्र्धनको समेत जिम्वेवारी दिएकोमा सहकारी मैत्री नीति, योजना सहित विशेष कार्यक्रमहरु संचालन गर्न आग्रह गरिन् ।
तालिमका सहभागी तुर्माखाद गाउपालिका अछामका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीले तालिमले सहकारीहरुको प्रवद्र्धनमा स्थानिय तहले गर्नसक्ने भूमिकावारे थप प्रष्ट भएको र सहकारी सम्वन्धी दैनिक कार्यहरुलाई अझ बढि चुस्त हुने बताए ।
Leave a comment