हाइलाइट

खुसी खुसी साकोसको १४औं साधारणसभा सम्पन्न, सदस्यहरूको निःशुल्क स्वास्थ्य परीक्षण

खुसी खुसी साकोसको १४औं साधारणसभा सम्पन्न, सदस्यहरूको निःशुल्क स्वास्थ्य परीक्षण :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरी नगरपालिकाको मातातीर्थमा रहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बटुकृष्ण थापाको सभापतित्व तथा प्रदेश सभाकी निवर्तमान सांसद रमा आले मगरको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालु आ।व।को नीति कार्यक्रम तथा बजेट पारित गरेको जनाएको छ ।

समुदायमा आधारित रहेर सञ्चालन हुँदै आएको उक्त संस्थाले वित्तीय कारोबारलाई पारदर्शी एवं प्रविधिमैत्री जनाइएको छ । सभामा जेष्ठ सदस्य सम्मान तथा ५ जना सदस्यलाई असल सदस्य सम्मान समेत प्रदान गरिएको थियो ।

सो अवसरमा स्टार हस्पिटलको बिशेषज्ञ टोलीद्वारा सदस्यहरूको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो । संस्थाले गत वर्ष देखि उक्त अस्पतालसँग सहकार्य गरी सदस्यहरुको स्वास्थ्योपचारमा विशेष छुटको व्यवस्था मिलाएको छ ।

सभामा काठमाडौ जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोजकुमार थापा मगर, हसना भाष्तिपुर बचत तथा ऋण सहकारीका अध्यक्ष नारायण महर्जनलगायतका अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment