जय जय सहकारी

जय जय सहकारी :: Sahakari Akhabar

जय जय सहकारी मन्त्र चारअक्षरी
सिप र सिर्जनामा बनाउँ फूलवारी

परिश्रमी हातहरु र इमान्दार मनलाई
सहकारीले दिन्छ साथ सही कर्म गर्नेलाई
जय जय सहकारी मन्त्र चारअक्षरी
सिप र सिर्जनामा बनाउँ फूलवारी ।

सहकारी यात्रा न हो सिक्ने र सिकाउँने
समान हक र अधिकारमा बाँधि हिडाउँने 
जय जय सहकारी मन्त्र चारअक्षरी
सिप र सिर्जनामा बनाउँ फूलवारी ।

कोही हुन्न सानो यहाँ न त ठूलोनी हुन्छ
जात–भात, वर्ग भेदले न त यस्लाई छुन्छ
जय जय सहकारी मन्त्र चारअक्षरी
सिप र सिर्जनामा बनाउँ फूलवारी ।

सुखदुःख मनका कुरा यही हो फुकाउने
सामुहिक उद्योग गरी आम्दानी बढाउने 
जय जय सहकारी मन्त्र चारअक्षरी
सिप र सिर्जनामा बनाउँ फूलवारी ।

पर्वत हो सहकारी अड्न सिकाउने
समूहमा अघि अघि बढ्न सिकाउने
जय जय सहकारी मन्त्र चारअक्षरी
सिप र सिर्जनामा बनाउँ फूलवारी ।



Leave a comment