हाइलाइट

सहकारीका समस्या समाधान गर्न सरोकारवालाबीच सहकार्यमा जोड 

सहकारीका समस्या समाधान गर्न सरोकारवालाबीच सहकार्यमा जोड  :: Sahakari Akhabar

बागलुङ । सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि सरोकारवालाबीच सहकार्यमा जोड दिइएको छ । जिल्ला सहकारी संघ बागलुङले सहकारी संघ संस्थाका सञ्चालक र व्यवस्थापकहरुबीच अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले समस्या पहिचान तथा समाधानका लागि सहकार्यमा जोड दिएका हुन् । 

सहकारीहरुका समस्या पहिचान, समाधानका लागि आन्तरिक व्यवस्थापन, अभियानको सक्रियता र नियमनकारी निकायसंगको समन्वय गर्नका लागि सहयोग पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जिल्ला संघकी अध्यक्ष हुमा कुमारी जिसीले जानकारी दिइन् । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका समस्या समाधानका लागि सहकारी संघ संस्थाहरुले आन्तरिक सुशासन र वित्तीय व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिए । 

कार्यक्रमका सहभागीहरुले सहकारीहरुको दिगोपनाका लागि सदस्यहरुलाई शिक्षा र सचेतनामा जोड दिदै आन्तरिक सुशासनमा सुधार ल्याउनु पर्नेमा जोड दिए । उनीहरुले सहकारीको आन्तरिक व्यवस्थापन प्रणालीलाई सुधार गर्ने, सहकारीका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी सदस्यहरु, उपसमितिका सदस्यहरुलाई सक्रिय बनाउनुका साथै कर्मचारीहरुको दक्षता अभिवृद्धिका कार्यक्रम बनाउन समेत आग्रह गरे । 

यस्तै सहकारीहरुले आन्तरिक व्यवस्थापनमा आफै ध्यान दिनुका साथै अभियानले शिक्षा, तालिम, प्रविधि र व्यवस्थापन सुधारमा सहयोग गर्न, राज्यसंग सहकारीको विकासका लागि प्रभावकारी समन्वय गर्नुपर्ने सहभागीहरुको सुझाव थियो । 

सहकारीले सञ्चालन गरेका कारोबारहरुमा ऋण लगानीमा बढी समस्या देखिएको भन्दै लगानीका क्षेत्रमा प्रभावकारीता ल्याउन सहकार्य आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा जिल्लाभरका विभिन्न सहकारी संघ संस्थाका ४५ जनाले आफ्नो धारणा राखेका थिए । उनीहरुले जिल्ला संघ र विषयगत सहकारी संघले निरन्तर रुपमा सहकारीका समस्या र समाधानका उपायका बारेमा छलफल गर्न सुझाव दिएका छन् । 

यसैगरी सहभागीहरुले नियमित रुपमा सहकारी शिक्षा र सचेतना कार्यक्रम सञ्चालन गर्न, सहकारी संस्थामा देखिएको कर्जा लगायतका जोखिमहरुको पहिचान गरी जोखिम न्यूनिकरणका विधिहरु अवलम्बन गर्न, जिल्ला सहकारी संघ, विषयगत सहकारी संघ र सरकारी निकायबाट नियमन अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्न, तरलता व्यवस्थापनका लागि आवश्यक पहलकदमी लिन, ब्याजदरलाई समयानुकुल बनाउन र एकीकरण अभियानलाई प्रभावकारी बनाउने पनि आग्रह गरे । 
 



Leave a comment