अग्नी बचतले गर्यो बाल सदस्यबाट साधारणसभा उद्धघाटन

अग्नी बचतले गर्यो बाल सदस्यबाट साधारणसभा उद्धघाटन :: Sahakari Akhabar

काभ्रे । बनेपास्थित अग्नी बचत तथा ऋण सहकारी संस्थाले बाल बचत सदस्यबाट सहकारीको साधारणसभा उद्धघाटन गरेको छ ।

राजनीतिक तथा सहकारी अभियानका नेता सहभागी गराएर लम्बेतान भाषण गर्ने परिपाटी चिर्दै बाल बचत सदस्य साइमन जिसीले पानसमा दिप प्रज्वल गरेर सहकारीको १३ औं साधारणसभा उद्धघाटन गरेका हुन् ।

कार्यक्रममा मुद्धती बचतकर्ता महेश्वर विन्दु कायस्थ, सुदर्शन ढकाल, अर्जुन तिमल्सिना र विकास मानन्धर, पेन्सन बचतकर्ता खड्गबहादुर भुजेल, उत्कृष्ट बचत मनमाया तामाङ, ऋण उत्कृष्ट कारोवार गर्ने निशान्त तामाङ र बालबचतकर्ता साइमन जिसी, नैतिक पौडेल र सृजला मकाजूलाई सम्मान गरियो ।

कर्मचारी रामबहादुर गैरे र प्रेजना अवाल उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भए । यसैविच, सहकारीको पाँचखाल सेवा केन्द्र अन्तर्गत भएको साधारणसभामा मुद्धती बचतकर्ता रामबाबु तिमल्सिना र बाल बचतकर्ता सञ्जोक श्रेष्ठलाई सम्मान गरियो ।

अस्मिता शिवभक्ति उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भइन् । ४ करोड ८४ लाख शेयर पुँजी रहेको सहकारीले ७० करोड ९५ लाख ऋण लगनी गरेर ८२ करोड ९६ लाखको कारोबार गरेको संस्थाका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।



Leave a comment