काठमाडौ । सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज ८ गते कपन पार्टी प्यालेसमा भएको सभामा संस्थाले नियमित रुपमा गर्दै आएको सम्मानका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
संस्थाले साधारण सभाको अवसरमा जेष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबार, उद्यमी महिला, उत्कृष्ट कर्मचारी, एसइई उतिर्ण सदस्यका छोरा छोरी तथा उत्कृष्ट बाल सदस्यलाई सम्मान गरेको छ ।
साथै यस वर्ष सदस्य बिस्तारमा उत्कृष्ट योगदान पुर्याउने सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । त्यसैगरी संस्थामा रिक्त रहेको संचालक सदस्यको पदमा सबिना नेपाललाई बाकी कार्यकालको लागि निर्वाचित गरेको छ ।
संस्थाकी अध्यक्ष सीमा पुरीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेबी मल्लको प्रमुख आतित्थ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा गोकर्णेश्वर नगरपालिकाका प्रमुख मेयर दीपक रिसाल, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ का अध्यक्ष भुवन लामा, कास्कूनका संचालक अनिता अधिकारीलगायतले शुभकामना ब्यक्त गरेका थिए ।
Leave a comment