मिलिजुली कालिञ्चोक सहकारीको साधारण सभामा २८ बिधामा सम्मान

मिलिजुली कालिञ्चोक सहकारीको साधारण सभामा २८ बिधामा सम्मान :: Sahakari Akhabar

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको २९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता तथा भीमेश्वर नगरपालीका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो ।

संस्थाले २०७९ साल भाद्र ३० गते बिहीबार पहिलो एकाई र २०७९ साल आश्विन ३ गते सोमबार दोस्रो एकाईको साधारण सभा सञ्चालन गरेको थियो । त्यसैगरी निर्णय प्रमाणित सभा असोज ८ गते सम्पन्न गरेको हो ।

समापन कार्यक्रममा आब २०७८ / ०७९ मा उत्कृष्ट कारोवार गर्ने नियमित बचतकर्ता शेयर सदस्य, जेष्ठ शेयर सदस्य, अशक्त शेयर सदस्य, पत्रकार, पुर्व सञ्चालक, पुर्व लेखा सुपरिवेक्षण समिति सम्मान गरेको छ ।

त्यसैगरी सभामा उत्कृष्ट सेवाकेन्द्र, उत्कृष्ट ऋण कारोवार गर्ने सदस्य, उद्यमी शेयर सदस्य, सेवाकेन्द्र स्तरमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु सम्मानीत भएका छन् । सभामा बर्ष उत्कृष्ट कर्मचारी, सेवाकेन्द्र उत्कृष्ट कर्मचारी, पुर्व कर्मचारी गरी २८ बिधामा सम्मान, प्रशंसा तथा पुरस्कार बितरण गरेको छ ।

आब २०७८ / ०७९ को अन्त्यमा संस्थाको कुल वासलात १ अर्ब २४ करोड ७५ लाख ६९ हजार ९१५ पुगेको छ । यसैगरी  २४ हजार ९४७ जना शेयर सदस्य र ९ हजार २६२ जना बाल बचतकर्ता गरी  जम्मा ३३ हजार २०९ जना बचतकर्ता रहेको जानकारी दिइयो ।

संस्था २०६९ सालमा राष्ट्रिय सहकारी बैंकबाट मध्यमाञ्चल उत्कृष्ट, २०७१ सालमा नेफ्स्कूनबाट नेपाल उत्कृष्ट संस्था, २०७१र०७२, २ं०७३र०७४ र २०७४र०७५ मा आन्तरीक राजश्व कार्यालयबाट उत्कृष्ट करदाता घोषणा भएको संस्था हो ।

त्यसैगरी २०७६ सालमा नेफ्स्कूनबाट एकीकरणमा नेपाल उत्कृष्ट, २०७७ सालमा नेफ्स्कूनबाट नेपाल उत्कृष्ट ब्यवस्थापक, २०७८ मा नेफ्स्कून बाट उत्कृष्ट संस्थापक अध्यक्ष सम्मान तथा प्रशंसा पाउन सफल संस्था रहेको अध्यक्ष श्रेष्ठले बताए । उनले शेयर सदस्यहरुलाई प्रविधियुक्त मुस्कान सहितको सेवा प्रवाहलाई प्राथमिकतामा राखेको जनाए ।



Leave a comment