काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १८ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको वार्षिक साधारणसभाले २०७८/०७९ को नाफाबाट सदस्यहरुले कर सहित १८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
आर्थिक वर्ष २०७८/०७९ सम्ममा संस्थाको सेयर पुँजी ७ करोड ९७ लाख ९६ हजार जगेडा तथा अन्य कोषहरुमा २१ करोड ७५ लाख १३ हजार रुपैयाँ जम्मा गरेको छ । गत आवमा संस्थाले १ करोड ४४ लाख ९७ हजार सेयर लाभांश कोषमा र ६४ लाख ८५ हजार ७ सय संरक्षित पूँजी कोषमा जम्मा गरेको छ।
संस्थाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २ अर्ब ८१ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरी संस्थाले ४ करोड ५७ लाख ५२ हजार रुपैयाँ खुद नाफा गरेको साधारणसभामा जानकारी दिइयो । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम समेत पारित गरेको छ ।
Leave a comment