हाइलाइट

तपाईं हाम्रो सहकारीको १५ औं वार्षिक साधारण सभा : २० जना सदस्यलाई सम्मान

तपाईं हाम्रो सहकारीको १५ औं वार्षिक साधारण सभा : २० जना सदस्यलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । नैकापमा रहेको तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज ८ गते सम्पन्न सभामा संस्थाका २० जना असल सदस्यलाई सम्मान गरिएको हो । त्यसैगरी यो वर्ष एसईई तथा प्लस २ उत्तीर्ण हुने दुइ÷दुई जना छात्रा र छात्रलाई नगद र ट्रफी सहित सम्मान गरेको छ।

सस्थाका अध्यक्ष मनोजकुमार थापा मगरको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि उप्रेतीको प्रमुख अतिथ्यतामा सम्पन्न सभामा काठमाडौ जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङले शुभकामना दिएका थिए । सभामा राष्ट्रिय सहकारी बैंक कलंकी शाखा प्रमुख रामकुमार तिमिल्सिनालगायतको उपस्थिति थियो ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000