बुटवल । टुगा आस्था बिकास साकोसको एकीकरण पछीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष डी.बि.थापाको अध्यक्षता, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
प्रमुख अतिथि ढकालले छाता संगठन नेफ्स्कूनले डोराएको मार्गमा टुगा आस्था साकोस जस्ता सहकारीहरु देख्न बुझ्न पाउदा आफुलाई धेरै खुसि लागेको बताए । उनले सस्थालाइ मजबुत बनाउने भूमिका सदस्यको हुने बताए । अहिले सहकारी अभियानको ससानो कुरालाइ ठुलो रुपमा भ्रामक प्रचार पनि भैरहेकोले आफ्नो सस्थाको सत्यतथ्य जान्नु पर्ने सदस्यको कर्तव्य रहेको बताए ।
भाद्र २५ गते देखि प्रतिनिधिमूलक साधारण सभा गरी असोज ८ गते समापन सभा गरेको संस्थाले समापन सभाको अवसरमा १० जना उत्कृष्ट बचतकर्ता सदस्य, १० जना उत्कृष्ट ऋणी सदस्यलाई सम्मान गरेको थियो । संस्थाले एक जना स्वर्गीय सदस्यको हकवालालाइ ऋण बीमा वापतको रकम हस्तान्तरण गरेको छ ।
सभामा संचालक समिति तर्फ देखिको प्रतिबेदन प्रस्तुति अध्यक्ष डी.बि. थापा, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा सदस्य कमला भण्डारी पाण्डेले प्रस्तुत गरेका थिए । संस्थामा ६ हजार २ सय सदस्य ७५ करोड पूँजी रहेको जनाइएको छ ।
सभामा नेफ्स्कून संचालक सन्दिप सापकोटा, रुपन्देही बचत संघका अध्यक्ष प्रकाश भट्टराई तथा लुम्बिनी विशिष्टीकृत सहकारी संघ अध्यक्ष डा.खगराज शर्माले शुभकामना राखेका थिए । त्यसैगरी नेफ्स्कूंन बुटवल फिल्ड कार्यालय प्रमुख छत्र प्रसाद धमला, नेफ्स्कून भुमइ फिल्ड कार्यालय प्रमुख नेत्र प्रसाद सापकोटा र सल्लाहकारको उपस्थिति रहेको थियो ।
Leave a comment