स्टार बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः पोखरेल 

स्टार बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः पोखरेल  :: Sahakari Akhabar

विराटनगर । स्टार बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः रमेश पोखरेल चयन भएका छन् । संस्थाको २५ औं बार्षिक साधारणसभाले सर्वसम्मत चयन गरेको सञ्चालक समितिको उपाध्यक्षमा बसन्ती देवी यादव, सचिव डिल्ली पोखरेल, संचालकहरुमा सूर्य नारायण यादव, गोपाल भुजेल, महादेव मण्डल र अशोक कुमार कामत रहेका छन् । 

त्यसैगरी रवि रोक्का संयोजक, खगेन्द्र प्रसाद रिजाल र मिना देवी राजबंशी सदस्य रहेको ३ सदस्य लेखा तथा सुपरिवेक्षण समिती पनि सर्वसम्मत चयन गरेको छ । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितीका संयोजक माधव अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए । 

साधारणसभाको अवसमा समाजसेवी दिनबन्धु गोयल र संस्थाद्धारा स्थापित स्व. ओम प्रकास–स्टार छात्रवृति ११ जना विद्यार्थीहरुलाई जनही ७ हजारका दरले वितरण गरिएको थियो । सामुदायिक विद्यालयवाट एसईई उतिर्ण ११ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्नका लागि संस्थामा ७ लाखको अक्षय कोष बनाईएको छ ।

यसैगरी यस बर्षदेखी बिराटेश्वर बृद्धआश्रममा आश्रित बृद्धबृद्धालाई खाद्यान्न सामाग्री वितरणका लागि संस्थामा छुट्टै अक्षयकोषको निमार्ण गरिएको छ । विराटनगरमा स्थायी बसोवास गर्दै आएका संस्थाका सदस्यहरु पशुराम प्रसाई र प्रेमा प्रसाईले आफ्ना वुवा आमा स्व. बेनु प्रसाई र सीता देवी प्रसाईको स्मरणमा  ३ लाखको अक्षयकोष स्थापना गरेका हुन । कोषको ब्याजवाट प्राप्त रकम बराबरको खाद्यान्न सामाग्री संस्थाको साधारणसभाको दिन आश्रमलाई वितरण गरिने जनाईएको छ ।  

साधारणसभाको उद्घाटन गर्दै पूर्वमन्त्री लालबाबु पण्डितले सहकारीका माध्यमवाट ग्रामीण तथा सीमान्तकृत बर्गको आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह भएको बताए । महिला शसक्तिकरण र आत्मनिर्भरताका लागि सहकारी क्षेत्रको योगदान ठूलो रहेको उनको भनाई छ ।

४ करोड १ लाख ८६ हजार शेयर पुँजी रहेको संस्थाले ३२ करोड ८ लाख ८ हजार ८९ रुपैया ऋण लगानी गरेको छ । संस्थाले ६७ लाख ८८ हजार ३६८ रुपैया नाफा कमाएको छ । २९ करोड २२ लाख ५८ हजार बचत रहेको संस्थाको कोषमा ३ करोड १९ लाख ५७ हजार रुपैया रहेको छ । 



Leave a comment