काठमाडौं । हाम्रो दहचोक बचत तथा ऋण सहकारी संस्थाको १३औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले हरिशरण थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ भने कुमार कार्कीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।
संचालक समितिको उपाध्यक्षमा जगनाथ कार्की, सचिवमा रमेश रोका तथा कोषाध्यक्षमा पुर्णबहादुर गिरि चयन गरेको छ । त्यसैगरी संचालक सदस्यहरुमा बासुदेव कार्की, सविता राई, शान्ता अर्याल, सुरेशकुमार खड्का र कुमार बुढाथोकी चयन भएका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको सदस्यमा शितला काफ्ले र प्रदिप केसी चयन भएका हुन । संस्थाका अध्यक्ष हरिशरण थापाको अध्यक्षता तथा चन्द्रागिरि नगरपालिक नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतित्थ्यतामा सभा सम्पन्न भएको हो ।
प्रमुख अतिथि गिरीले बजारमा बिद्यमान तरल संकटमा संस्थाले सदस्यहरुको बचतको सुरक्षालाई प्राथमिकतामा राखेर सुशासन कायम गर्नुपर्ने बताए । उनले सहकारी सिद्धान्तलाई आत्मसाथ गर्दै हरेक संचालक र पदाधिकारीहरु जिम्मेवारी पुर्ण रुपले लाग्नुपर्ने साथै सदस्यहरुले संस्थाका गतिबिधिहरु प्रति चनाखो भई महत्वपुर्ण भूमिकामा रहे सहकारीमा समस्या नहुने बाताए ।
संस्थाले २१३५ सदस्य सहित समुदायमा आधारित संस्थाले सामुदायिक गतिबिधिहरुका साथै जेष्ठ नागरिक सदस्यहरुलाई दशै खर्चबापत प्रति सदस्य १ हजार बितरण गरेको छ । सभामा बिद्यालयस्तरमा छात्रवृति प्रदान प्रदानका साथै विभिन्न बिधामा सदस्यहरुलाई सम्मान गरेको छ ।
सभामा सदस्यहरुबाट उत्पादित घरेलु उत्पादनको प्रदर्शनि समेत गरेको थियो । संस्थाले सदस्यमुखी कार्यक्रम संचालन गरि शेयर सदस्यहरुलाई १३.५ प्रतिशत शेयर लाभाशं बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।त्यसैगरी संरक्षित पूँजी फिर्ता कोषबाट ९ लाख ४९ हजार ७ सय १० रुपैयाँ बितरण गरेको छ ।
त्यसैगरी सभामा नेफ्स्कूनका कोषाध्यक्ष एवम् कास्कूनका अध्यक्ष दिपक पनेरु र चन्द्रागिरि नगरपालिका वडा १ का अध्यक्ष हरिश्याम राना मगरलगायतको उपस्थिति रहेको थियो ।
Leave a comment