बनेपा। बनेपास्थित उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाले १३ औं बार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य, जेष्ठ नागरिक बचतकर्तालाई सम्मान गरेको छ । संस्थाले सोही अवसरमा नवजात शिशु बचतकर्तालाई सम्मान गर्नुको साथै सुत्केरी पोषणभत्ता र बाल दिवसको अवसरमा औषधी उपचार खर्च र स्टेस्नरी समेत वितरण गर्यो ।
उत्कृष्ट बचतकर्ता मधुसुदन बानियाँ, उत्कृष्ट नारी बचतकर्ता सुभद्रा मुनाकर्मी, उत्तममाया श्रेष्ठ, बाल बचतकर्ता नुग श्रेष्ठ, तबु खातुन, अवधी बचतकर्ता रमेश पराजुली, सुरक्षित भविष्य बचतकर्ता संस्कृति श्रेष्ठ, आवधिक बचतकर्ता भुवनकाजी शाकय, राजेन्द्र थापा, राधिका कुमारी कटुवाल, बुद्धरत्न शाक्य, उत्तमदास उलक, होमकुमारी श्रेष्ठलाई सम्मान गरियो ।
नवजात शिशु बचतकर्ता जेनिशा तामाङ, श्रेयष दाहाल, निरप्रसाद थौतम र आरती खत्रीलाई सम्मान गरियो भने शान्ती केसी खत्री र सरिता दाहाललाई सुत्केरी पोषणबापत ५ हजार रुपैया प्रदान गरियो । जेष्ठ नागरिक बचतकर्ता रघुनाथ सत्याल, मिनप्रसाद बजगाईं, जीवनलाई श्रेष्ठ, अखिलबहादुर खड्गी, सुर्यबहादुर श्रेष्ठ, पुष्पलाल मानन्धर, प्रेमप्रसाद धिमाल, कृष्णबहादुर खड्का र गौरीशंकर मानन्धरलाई दोसल्लासहित सम्मान गरियो।
शेयर सदस्यको परिवार मध्येबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सस्कृति श्रेष्ठ र स्वरुप तखाछेँलाई सम्मान गरियो । सहकारी संस्थाले रेखा धिताल र प्रमिला तामाङलाई उत्कृष्ठ कर्मचारी घोषणा गरेर सम्मान गरेको छ ।
२० जना बालबालिकालाई बाल दिवसको अवसरमा स्वास्थ्यउपचार र स्टेश्नरी वितरण गरिएको थियो । बाग्मती प्रदेशका सहकारी रजिष्ट्रार नारायण ज्ञवालीले सहकारीले उद्यमशिलता विकास गर्दै उत्पादनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, नेपाल केन्द्रीय बचत तथा ऋण केन्द्रीय सहकारी संघका सदस्य सेवा विभाग प्रमुख गणेश तिमल्सिना, सहकारीविज्ञ हरि वशिष्ठ, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक बालकृष्ण दाहाल, काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदार, व्यवसायी विज्ञान राईको उपस्थिति रहेको थियो ।
त्यसैगरी आइकोनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोशन चौलागाई, उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहनबहादुर गजुरेल, सचिव शान्तमणि रिजाल, कर्मचारी सविना थापा लगायतले सहकारी क्षेत्रबारे चर्चा गरेका थिए । ५ करोड ७२ लाख शेयर पुँजी रहेको सहकारीले ६४ करोड ऋण लगानी गरी ७८ करोड ६५ लाखको कारोबार रहेको साधारणसभामा जानकारी दिइयो ।
Leave a comment