ललितपुर। बागमति प्रदेश सहकारी संघको आयोजनामा एकदिने कोपोमिस तालिम सम्पन्न भएको छ । शनिबार भक्तपुरको गठ्ठाघरमा रहेको अन्नपुर्ण बहुमुखी सहकारीको भवनमा १ दिने कोपोमिस अभिमुखीकरण तालिम सम्पन्न भएको हो।
तालिममा बागमति प्रदेशका विभिन्न जिल्लाबाट ५० जना सहभागीता रहेको थियो । तालिमले सहकारीलाई कोपोमिसमा आफ्नो संस्थाको तथ्यांक प्रविष्टि गर्न सहज हुने र सहकारी विभागले जारी गरेको निर्देशनको पालनामा मद्दत पुग्ने संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले बताए ।
तालिमको संघीय सहकारी विभागका प्राविधिक अमोद पुडासैनीले सहजीकरण गरेका थिए । कार्यक्रमका सहभागी सुरेश श्रेष्ठले संस्थाको लागि तालिम प्रभावकारी भएको र सिकेको कुराको कार्यान्वयन गर्नका लागि तत्पर रहेको बताए । कार्यक्रम संघका सचिव देवराज न्यौपानेले संचालन गरेका थिए ।
Leave a comment