दोलखा । जनसचेतन साकोसको २९औं साधारण सभा सम्पन्न भएको छ । सदस्यहरुको सहजताका लागि संस्थाले अशोज १ गतेदेखि ३ गतेसम्म १७ वटा सेवाकेन्द्रमा एकाइगत सभा तथा छलफल गरेको थियो ।
सभामा अध्यक्ष हेमन्तकुमार चौलागाइले प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थामा २६ हजार ५ सय ६४ सदस्य र ९ हजार ६ सय ९० बाल सदस्य आवद्ध रहेको बताए ।
संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म १३.६२ प्रतिशतले शेयरपुँजी वृद्धि गरी १६ करोड २९ लाख पुर्याएको छ जनाए । संस्थागत पुँजी १७ करोड ३५ लाख रहेको छ ।
संस्थाले २० प्रकारका योजनामार्फत १ अर्ब ४० करोड ३४ लाख बचत संकलन गरी १४ प्रकारका ऋण शीर्षकमा १ अर्ब ८९ करोड ५७ लाख ऋण लगानी गरेको छ । संस्थाले त्यस अवधिमा ७ करोड २१ लाख ७० हजार खुद सञ्चालन बचत गरेको छ ।
संस्थाले दोलखाका दुर्गम क्षेत्रका विपन्न समुदायमा प्रभावकारी सेवा पुर्याउन लघुवित्त कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययनरत सदस्यका छोराछोरीहरुमध्येबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई आधारभूत तहमा ५० जना, माध्यमिक तहमा २० जना र क्याम्पस तहमा ५ जनालाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आएको जनाए ।
त्यसैगरी ७५ वर्ष उमेर पुगेका र सदस्य सुरक्षा कोषमा भाग लिएका सदस्यहरुको जीवनयापन सहज बनाउन मासिक ५ सय सहारा भत्ता प्रदान गर्दै आएको छ । गत वर्ष असार मसान्तसम्म ८७ जना सदस्यलाई ४ लाख ८७ हजार रकम उक्त शीर्षकमा संस्थाले वितरण गरेको छ ।
२०५० सालमा संस्था स्थापना गरिएको स्मरण गरे । उनले सदस्य सुरक्षा कोष गरिबसँग जनसचेतन, सदस्यहरुलाई शिक्षा तथा तालिम कार्यक्रम, गरिब तथा जेहेन्दार छात्रवृत्ति, जनसचेतन आजीवन सहारा ज्येष्ठ सदस्य सम्मान कार्यक्रलाई निरन्तरता दिएको बताए ।
त्यसैगरी सदस्य बीमा कार्यक्रम औषधि उपचार खर्च र प्राकृतिक प्रकोपमा सहयोग जस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । संस्थाको कारोबारलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रविधिको प्रयोगलाई अगाडि बढाइएको र १६ वटा सेवाकेन्द्र मार्फत निःशुल्क एबीबीएस सुविधा प्रदान गर्दै आएको उनले बताए ।
संस्थाले सदस्यलाई उपलब्ध गराउँदै आएको बस्तु तथा सेवाहरुले उनीहरुको जीवनमा पारेको प्रभावको सर्वेक्षण गर्ने भएको छ।सदस्यहरुमा उद्यमशीलता वृद्धि गर्नको लागि क्षेत्रगत रुपमा सदस्यहरु छनौट गरी व्यवसायिक तालिम प्रदान गर्ने भएको छ।
संस्थाले यस आवमा उद्योग स्थापना गर्न चाहने सदस्यलाई २ प्रतिशत कम ब्याजदरमा ऋण लगानी गर्ने नीति लिएको छ। त्यसैगरी संस्थाबाट ऋण लिइ उत्कृष्ट र नमूनायोग्य पशुपालन गर्ने सदस्यलाई संस्थामा रहेको शुन्य लागत कोषको १० प्रतिशतले हुने रकम ऋण लगानी गर्ने कार्यको थालनी गर्ने भएको छ ।
Leave a comment