हाइलाइट

ज्ञानज्योती महिला उत्थान बचतको २० औं वार्षिक साधारण सभा सम्पन्न

ज्ञानज्योती महिला उत्थान बचतको २० औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौँ । शंखमुलमा रहेको ज्ञानज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भदौ २४ गते संस्थाकी अध्यक्ष बिना बुधाचार्यको सभापतित्व तथा वागमती प्रदेशका संस्कृती तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा संस्थाकी कोषाध्यक्ष कविता राईले संस्थाको वित्तिय बिबरण तथा भावी कार्यक्रमहरु प्रस्तुत गरेकी थिइन् । उनले संस्थाले आर्थिक वर्ष ०७८/०७९ मा १ करोड ८८ लाख ४३ हजार ९ रुपैयाँ शेयर पूजी तथा १३ करोड ४३ लाख ४७ हजार ६ सय ८२ रुपैयाँ बचत पुगेको जानकारी दिइन् ।

साथै १ करोड ८ लाख ९० हजार ३ सय १३ रुपैयाँ जगेडा कोषमा रहेको जनाइन् । त्यसैगरी संस्थाले सदस्यलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभामा संस्थाकी सचिव जेनिता राईले संस्थाको आर्थिक वर्ष ०७८/०७९ को प्रगती प्रतिवेदन तथा ०७९/८० को प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेकी थिइन् ।

उनले १ हजार ५ सय १५ जना सदस्य पुगेको र २४ जनाले त्याग गरेको सभामा जानकारी दिइन् । उनले वर्षभरि सदस्यलाई गरेको सम्मान तथा सहकारी शिक्षा तालिम कार्यक्रमको बारेमा जानकारी गराइन् । 



Leave a comment