भक्तपुर । सूर्यबिनायक नगरपालिका ४ गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । संस्थाको १४ औ वार्षिक साधारण सभाको अवसरमा संस्थाले उक्त कोष स्थापना गरेको हो ।
संस्थाका अध्यक्ष विकास खड्काका स्वर्गीय आमा बाबुको स्मृतिमा स्थापना भएको कोषबाट विभिन्न सामाजिक कार्य गरिने अध्यक्ष खड्काले बताए । कार्यक्रममा सस्थाका सदस्य अष्ट्रेलिया निवासी विनोद खड्काले सहयोग गरेको ३० हजार सदस्यका छोराछोरी ६ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई ५/५ हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थामा उत्कृष्ट वित्तिय कारोवार गर्ने सदस्यलाई नगद सहित सम्मान गरिएको थियो । सभामा संस्थाका कोषाध्यक्ष शुशिल खड्काले आर्थिक वर्षको वित्तिय बिबरण तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए । उनले ३३ सय ३५ जना सदस्य र ४१ वटा लघुवित्त समुह रहेको जानकारी गराए ।
उनले आर्थिक वर्ष ०७८/०७९ मा १८ करोड ३२ लाख २७ हजार ४८१ रुपैयाँ बचत तथा २४ करोड ४२ लाख ९० हजार ८९० रुपैयाँ ऋण लगानी रहेको जानकारी दिए । साथै संस्थाले ३ करोड ४१ लख २१ हजार ४०० रुपैयाँ शेयर रकम पुगेको बताए ।
संस्थाको १४ औँ बार्षिक साधारण सभाबाट नयाँ संचालक समिति सर्वसम्मत चयन भएका छन् । आगामी कार्यकालकोलागि विकास खड्काको अध्यक्षतामा सात सदस्य कार्य समिति र सविता भट्टराईको सयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति सर्वसम्मत चयन भएका छन् ।
सभामा प्रमुख अतिथि पूर्व मन्त्री महेश बस्नेत, बिशेष अतिथि सूर्यविनायक नगरपालिका उप प्रमुख सरिता भट्टराई, जिल्ला संहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्का तथा जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखाजुले शुभकामना मन्तब्य रखेका थिए ।
साथै सूर्यविनायक नगरपालिका वडा नं ४ का वडा अध्यक्ष लछुराम न्यौपाने सूर्यविनायक नगरपालिका सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठ, राष्ट्रिय सहकारी बैक ठिमी शाखा प्रमुख दिनेश गेलाल तथा सूर्यविनाक शाखा प्रबन्धक सिता भट्टराईलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संस्थाका सचिव विदुर खड्काले संचालन गरेका थिए ।
Leave a comment