हाइलाइट

नियम तोड्ने सहकारी समस्यामा 

नियम तोड्ने सहकारी समस्यामा  :: Sahakari Akhabar

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले सहकारीमा तरलता कायम गर्न नसक्दा बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको बताएका छन् । पनौतीको श्रीनवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै सहकारीको नियम तोडेका सहकारीलाई समस्या परेको बताए ।

कतिपय सहकारीले नियम मिचेर आफ्ना सर्कलका सदस्यलाई ऋण दिएकाले अहिले सहकारीमा समस्या आएको उनको भनाइ छ । नेकपा एमालेका नेता एवम् पूर्व सांसद रामहरी सुवेदीले सहकारीको नियमन हुन नसक्दा बदमासी भएको बताए ।

पारिवारिक र एकलरुपमा चलेका सहकारी समस्यामा परेको उनको भनाइ छ । अन्धाधुन्ध लगानी गरेका कारणले पनि सहकारी धराशायी भएको उनले बताए । सञ्चालकका कारण सदस्य मारमा परेको उनको भनाइ छ ।

संस्थाका कोषाध्यक्ष हरिनारायण श्रेष्ठले संस्थाको कुल पुँजी ७५ करोड ६७ लाख रहेको बताए । संस्थाका ८ हजार ९३ जना सदस्य छन् । संस्थाले गत वर्ष १ करोड ९४ लाख ५३ हजार खुद आम्दानी गरेको छ । संस्थाका अध्यक्ष इन्द्रप्रसाद हुमागाईले नियमानुसार सदस्यलाई लाभांश दिने बताए । कोभिडले संकट ल्याएपनि सदस्यलाई अनुभूति हुन नदिएको उनले बताए ।

सचिव अकुरप्रसाद सापकोटाले २० वटा नीति, ८ वटा निर्देशिका र ६ वटा कार्यविधि बनाएर संस्था सञ्चालन गरिरहेको जानकारी गराए । लेखासुपरीवेक्षण समितिका संयोजक रमेशकुमार राजलवटले ३ करोड ३८ लाख ७३ हजार जगेडा कोषमा रहेको जानकारी गराए ।

पर्याप्त मात्रामा कर्जा जोखिम व्यवस्थापन गरेकाले संस्थाको अवस्था मजबुत भएको उनले बताए । संस्थाले ७ वटा संस्था एकीकरण गरीसकेको छ । साधारणसभाका अवसरमा संस्थाले नयाँ भवन उद्घाटन गरेको छ । विभिन विधामा संस्थाले ७२ जनालाई सम्मान गरिएको थियो । 



Leave a comment