हाइलाइट

ज्योतिपुञ्ज सहकारीको सेयर पुँजी बृद्धि

ज्योतिपुञ्ज सहकारीको सेयर पुँजी बृद्धि :: Sahakari Akhabar

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको सेयर पुँजी बढ्दै गएको छ । ज्योतिपुञ्जको १२ औं वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष नवराज कार्कीले आर्थिक वर्ष २०७८÷७९ मा १० करोड ५२ लाख सेयर पुँजी पुगेको जानकारी दिए । 

उनले अघिल्लो वर्ष १० करोड ४१ लाख र आर्थिक वर्ष २०७६/७७ मा १० करोड १८ लाख  र २०७५/७६ मा ८ करोड ९७ लाख रुपैयाँ सेयर पुँजी रहेको बताए । संस्थाले १ अर्ब ३० करोड निक्षेप संकलन गरी १ अर्ब ५६ करोड कर्जा प्रवाह गरेको छ ।

संस्थाको जगेडा कोषमा ९ करोड ९३ लाख छ । कुल संस्थागत पुँजी १० करोड ८६ लाख र अन्य कोषमा २ करोड ६५ लाख छ । संस्थाको तरलता (लगानीयोग्य रकम) २० करोड १२ लाख (१५.४४ प्रतिशत) छ । संस्थाले खुद मुनाफा ४ करोड ८७ लाख नाफा गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा संस्थाको खुद मुनाफा ४ करोड ८७ लाख भएको संस्थाले जनाएको छ । अध्यक्ष कार्कीले ३ हजार ५ सय ८४ सदस्य पुगेको बताए । संस्थाले एकाइगत बार्षिक साधारण सभा गरेको छ । संस्थाको काठमाडौं सेवाकेन्द्रको सभा भदौ १८ गते गरेको थियो भने ललितपुर सेवाकेन्द्र तथा माइन्युट प्रमाणिकरण सभा भदौ २५ गते हेरिटेज गार्डेन सानेपा ललितपुरमा गर्दैछ ।



Leave a comment