विराटनगर । मोरङको बुढीगंगा गाउपालिकाको टंकिसिनवारीमा रहेको राजसति महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई बाख्राको पाठी वितरण गरेको छ । विपन्न सदस्यलाई बाख्रापालन व्यवसायमा सम्लग्न गराउँदै आत्मनिर्भर बनाउने उदेश्यले सहकारीले हरेक बर्ष सदस्यहरुलाई बाख्राको पाठी वितरण गर्ने गरेको जनाएको छ ।
सहकारीको नियमित कार्यक्रम अनुसार यस बर्ष पनि सोमबार ६ जना शेयर सदस्यहरुलाई प्रति शेयर सदस्य १/१ वटा बाख्राको पाठी वितरण गरेको हो । बाख्राको पाठी पाउनेमा सिर कुमारी चौधरी, बुढीगंगा ३ (सदस्य नं. ६५५), सर्मिला श्रेष्ठ (सदस्य नं. ८७६), शान्ति खवास (सदस्य नं. २४२), दुर्गा बस्नेत (सदस्य नं. ६७८) रहेका छन् ।
त्यसैगरी बुढीगंगा १ का शेयर सदस्य सावित्रा रेग्मी (सदस्य नं. २७८), र सरस्वती पौडेल (सदस्य नं. २३९) रहेका छन् । महिलाले मात्र सञ्चालन गरेको उक्त सहकारी जिल्लाको उत्कृष्ट सहकारीको रुपमा चिनिएको छ ।
सहकारीले आफ्ना शेयर सदस्यलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको सहकारीकी अध्यक्ष तारादेवी राईले जानकारी दिईन । सहकारीले शेयर सदस्यहरुले उत्पादन गरेको बस्तुहरुलाई बजारिकरणमा पनि सहजीकरण गरिदिने गरेको उनको भनाई छ ।
Leave a comment