हाइलाइट

जनधनको १४ औं साधारणसभा सम्पन्न

जनधनको १४ औं साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । जनधन बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाका अवसरमा उत्कृष्ट १० बचत सदस्य मध्येबाट १ जनालाई सम्मान गरियो । त्यस्तै १० उत्कृष्ट ऋणी सदस्य मध्येबाट १ जना सदस्य, उत्कृष्ट १० बाल बचत मध्येबाट १ जनालाई गोलाप्रथा बाट पुरस्कृत गरिएको थियो ।

जेष्ठ नागरिक सदस्यबाट बलराम भट्टराई,नारी बचत सदस्यबाट भवानी पाठक, पूर्व अध्यक्षबाट केदार प्रसाद उप्रेती र तेज प्रसाद कंडेललाई पुरस्कृत गरियो । यस बर्षको उत्कृष्ट कर्मचारीको रुपमा लक्ष्मीदेवी मुनिकारलाई पुरस्कृत भएकी छन् ।

प्यासनका अध्यक्ष डीके ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा पशुपति विकास कोषका निर्देशक रेवतीरमण अधिकारी,कास्कूनका सचिव सालिकराम पुडासैनी, कास्कूनका लेखा सुपरीवेक्षण समितिका संयोजक सुभाष घिमिरे, नेफ्स्कूनको कव्र्स कार्यक्रम अधिकृत शोभिता मैनाली,बल्खु साकोस तथा बल्खु तरकारी तथा फलफूल बजारका अध्यक्ष मोहनकुमार बस्नेतलगायत उपस्थित थिए । 
 



Leave a comment