हाइलाइट

युवा साकोसको वार्षिकोत्सव तथा साधारण सभा असोज १ गते

युवा साकोसको वार्षिकोत्सव तथा साधारण सभा असोज १ गते :: Sahakari Akhabar

बनेपा । युवा बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिकोत्सव तथा २४ औँ बार्षिक साधारण सभा असोज १ गते हुनेभएको छ । संस्थाको संचालक समितिको साउन २५ गते बुधबार बसेको बैठकको निणय अनुसार संस्थाको २४ औ साधारण सभा तथा बार्षिकोत्सव असोज १ गते गर्ने निणर्य गरेको जनाएको छ ।

बनेपा पाटी भेन्नु बनेपामा हुने सभामा सभाको निणय पुस्तिका प्रमाणित तथा प्रतिनिधि चयन, सचिवको प्रतिबेदन छलफल तथा अनुमोदन, कोषाध्यक्षको प्रतिबेदन छलफल तथा लेखा सुपरिवेक्षण प्रतिबेदन छलफल हुने जानकारि दिइएको छ ।

साथै सभामा लेखापरीक्षक नियुति र पारिश्रमिक निधारण, संस्थाको विनियम संशोधन प्रस्ताव, संस्था एकीकरण, सेवाकेन्द विस्तारलगायतका विषयमा छलफल हुने भएकोले सम्पूर्ण सदस्यलाई सकृय सहभागिताकालागि संस्थाले अनुरोध गरेको छ । 
 



Leave a comment