काठमाडौं । नेपाल सहकारी पत्रकार सम्मान (सिजेएन) ले निवर्तमान अध्यक्ष तथा संस्थापक खिलानाथ दाहाललाई सम्मान प्रदान गरेको छ । संस्थाको १२ औं स्थापना दिवसको अवसरमा आईतबार आयोजित औपचारिक कार्यक्रममा ‘संस्थापक सम्मान’ बाट उनलाई सम्मानित गरेको हो ।
दाहाल सहकारी अखबार डटकमका प्रधान सम्पादक हुन् । सिजेएनको संस्थापक सहसचिव रहेको उनीले यसअघि दुई कार्यकाल अध्यक्षको रुपमा समेत नेतृत्व गरिसकेका छन् ।
यसैगरी सिजेएनले हरेक वर्ष प्रदान गर्दैै आएको ‘राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार सुदिल पोखरेललाई प्रदान गरेको छ । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।
स्थापना दिवसको अवसरमा आईतबार आयोजित औपचारिक कार्यक्रममा संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सम्मान तथा पुरस्कार प्रदान गरे ।
Leave a comment