हाइलाइट

पोखरा रोयल साकोसको २१ औँ वार्षिक साधारण सभा असोज ८ गते ( सूचना सहित )

पोखरा रोयल साकोसको २१ औँ वार्षिक साधारण सभा असोज ८ गते ( सूचना सहित ) :: Sahakari Akhabar

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २१ औँ बार्षिक साधारण सभा असोज ८ गते हुने भएको छ । संस्थाको असार ३२ गते बसेको संचालक समितिको बैंठकले २१ औँ वार्षिक साधारण सभा असोज ८ गते गर्ने निणर्य गरेको जनाइएको छ ।

संस्थाले सूचना प्रकाशन गरि इकाइगत साधारण सभ गर्ने जनाएको छ । प्रधन कार्यालयको असोज ३ गते बिहान ११ बजेदेखि भमरकोट पार्टीप्यालेसमा, भण्डारढिक सेवाकेन्द्र असोज ४ गते बिहान ११ बजेदेखि ङयोइ तमु घिं पोखरमा सभा हुने जनाइएको छ ।

त्यसैगरी असोज ५ गते मोहरिया सेवाकेन्द्रमा बिहान ११ बजेदेखि शुभम् पार्टीप्यालेसमा र दुलेगौडा सेवाकेन्द्रमा ६ गते बिहान ११ बजेदेखि नेवार सेवासमाज भवनमा सभा हुने जनाइएको छ । त्यसैगरी एकाई प्रतिनिधिहरुको निणर्य प्रमाणित सभा असोज ८ गते बिहान ८ बजेदेखि रोयल दिदी बहिनी किचनमा हुने जनाइएको छ ।

सभामा संचालक समितिको तर्फबाट आ.ब. २०७८/०७९ को अध्यक्ष तथा लेखा समितिको बार्षिक प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने । त्यसैगरी सभामा संस्थाको चालू आ.ब. २०७९/०८० को नीति, कार्यक्रम, बजेट माथि छलफल गरी पारित गर्ने सूचनामा उल्लेख छ । सभामा विनियम संसोधनलगायतका विषयमा छलफल हुने भएकोले सदस्यहरुलाई सकृय सहभागीताकालागि संस्थाले सूचना जारी गरेको छ । 



Leave a comment