हाइलाइट

जेष्ट आइडियोलोजी साकोसको वार्षिक साधारण सभा भदौ ३१ गते

जेष्ट आइडियोलोजी साकोसको वार्षिक साधारण सभा भदौ ३१ गते :: Sahakari Akhabar

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारण सभा भदौ ३१ गते हुने भएको छ । संस्थाले सूचना प्रकाशन गरि श्रावण ३० गते बसेको संचालक समितिको बैठकले संस्थाको १३ औं बार्षिक साधारण सभा भदौ ३१ गते कार्की ब्याङ्केट काठमाण्डौंमा बिहान ९ बजेदेखि गर्ने निणर्य गरेको जनाएको छ । 

सभामा संचालक समितिको तर्फबाट आ.ब. २०७८/०७९ को अध्यक्ष तथा प्रमुख कार्यकारी संचालकबाट प्रस्तुत वार्षिक प्रतिवेदन माथि छलफल तथा पारित गर्ने । त्यसैगरी सोही आवको लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरी पारित गर्ने जनाएको छ । 

त्यसैगरी सभामा संस्थाको चालू आ.ब. २०७९÷०८० को नीति, कार्यक्रम, बजेट माथि छलफल गरी पारित गर्ने सूचनामा उल्लेख छ ।  सभामा संस्था एकिकरण (मर्जर) संस्थामा रहेको जग्गा बिक्रि गर्ने त्यसैगरी संस्थालाई जग्गा तथा भवन खरिद गर्ने लगायतका विषयमा छलफल हुने भएकोले सदस्यहरुलाई सकृय सहभागीताकालागि संस्थाले स”चना जारी गरेको छ । 



Leave a comment