हाइलाइट

बाबियाखर्क  साकोसको वित्तीय साक्षरता तथा दर कार्यक्रम सम्पन्न

बाबियाखर्क  साकोसको वित्तीय साक्षरता तथा दर कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बाबियाखर्क  वचत तथा ऋण सहकारी संस्थाले गत शनिबार तीज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले तीज विशेष बचतमा आवद्ध सदस्यहरूका लागि तीज विशेष वित्तीय साक्षरता तथा दर कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाकी संचालक सदस्य एवं महिला उपसमितिकी संयोजक श्रीभा न्यौपानेको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेबी मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थका संचालक समिति, उपसमितिका साथै सदस्यहरु गरी २ सय जनाको सहभागीता रहेको थियो ।

संस्थाका अध्यक्ष ऋषिराज घिमिरेले सदस्यहरूलाई बचत गर्ने बानीको विकास गराई आर्थिक रूपमा स्वावलम्बी हुन वित्तीय साक्षरता कार्यक्रमले सिकाउने बताए  । आर्थिक वर्ष २०७९।८० मा सदस्यमुखी कार्यक्रमहरु गरी सदस्यहरुसंग बाबियाखर्क साकोसले प्रत्यक्ष भेटघाट गरी संस्थाप्रति सदस्यहरुको प्रभाव सकारात्मक बनाउने र सहकारी संस्थाहरुले सदस्यहरुसंग सामिप्यतामा  रहिरहनपर्ने रहेको बताए ।



Leave a comment