हाइलाइट

चितवनमै पहिलो पटक हाम्रो चित्रवन साकोसमा सोसल अडिट

चितवनमै पहिलो पटक हाम्रो चित्रवन साकोसमा सोसल अडिट :: Sahakari Akhabar

चितवन । जिल्लामा पहिलो पटक हाम्रो चित्रवन साकोसले  सामाजिक परीक्षण (सोसल अडिट) गराउने भएको छ । संस्थाले सोसल अडिट नीति तथा कार्यविधि–२०७९ तयार गरे यसको तयारी अघि बढाएको हो ।

सहकारी संस्थाको समग्र वित्तीय अवस्था, उपलव्ध स्रोतको परिचालन, बार्षिक कार्यक्रम एवं बजेटको प्रभावकारी उपयोग गरी अधिकतम प्रतिफल प्राप्त गर्न र सहकारी संस्थाका गतिविधिलाई थप सदस्य केन्द्रित र समुदायमा आधारित बनाई सामाजिक परीक्षणको माध्यमबाट थप पारदर्शी एवम् जवाफदेही बनाउने संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले सहकारी ऐनमा सामाजिक परीक्षण गर्न सक्ने प्रावधान भए पनि चितवनका सहकारी संस्थाहरुले सामाजिक परीक्षण गरेको जानकारीमा नभएको तर संस्थाले कार्यान्वयन गरेको जानकारी दिए । हाल यो परीक्षण प्रारम्भिक भएता पनि यसले  आगामी दिनमा संस्थाको होलबढी चेपअपको रुपमा लिई संस्थालाई महत्वपूर्ण पृष्ठपोषण दिने दावी गरे । 

संस्थाले आर्थिक वर्ष ०७८।०७९ मा गरेका वित्तिय र गैर वित्तिय क्रियाकलापको  सामाजिक परिक्षण सम्बन्धि सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम संस्थाका उपाध्यक्ष तथा सामाजिक परीक्षण उप समितिका संयोजक अनिलराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । 

सामाजिक परीक्षणको लागि संस्थाले आवश्यक नीति तथा कार्यविधि बनाई संस्थाको वार्षिक नीति, कार्यक्रमको कायान्वयनको अवस्था, बजेट कार्यान्वयनको अवस्था, सदस्य केन्द्रित कार्यक्रम र सामाजिक क्षेत्रका कार्यक्रमको कार्यान्वयनको अवस्था लगायत विषयमा परीक्षण गरिएको अध्यक्ष खड्काले बताए । 

संस्थाले सामाजिक परीक्षणको लागि सदस्यहरुमध्येबाट समिति गठन गर्नुका साथै सुनुवाईको लागि सेयर सदस्यहरुको समुह गठन गरेको छ । सामाजिक परीक्षण समितिले संस्थाको अवस्थाको वारेमा समग्र मूल्याकंन गरी प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा सहभागी सदस्यहरुले जिज्ञासा र सुझाव राख्नु भएको थियो ।

संस्थाले २५ वटा सूचकहरु तयार गरी उक्त सूचकको मूल्याकंनको आधारमा सर्वोकृष्ट, उत्कृष्ट, सामान्य र न्यून उपलव्धीको वारेमा मूल्यांकन रिपोर्ट तयार भएपछि आगामी वार्षिक साधारण सभामा छलफलको लाग पेश गर्ने नीति रहेको संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक अनिलराज पौडेलले बताए ।

सामाजिक परीक्षणबाट संस्थाको बार्षिक नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढंगले परिचालन गराउन, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा व्यवस्थापनका काम कारवाहीलाई पारदर्शी बनाउन, संस्थाको समग्र गतिविधिहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउने संस्थाका प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले जानकारी दिए । 



Leave a comment