हाइलाइट

तपाई हाम्रो सहकारीको स्थापना दिवसमा तिज कार्यक्रम तथा सदस्यलाई सम्मान

तपाई हाम्रो सहकारीको स्थापना दिवसमा तिज कार्यक्रम तथा सदस्यलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले १५ औं बार्षिक उत्सव मनाएको छ ।  बार्षिक उत्सवको अवसरमा संस्थाले तिज बिशेष कार्यक्रम पनि गरेको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासघंकी वरिष्ठ उपाध्यक्ष ओम देवी मल्लको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा सस्थाको लघुबित्त कार्यक्रम अन्तर्गत उत्कृष्ट केन्द्रहरु र  उत्कृष्ट सदस्यलाई पुरस्कृत तथा सम्मानित गरिएको छ।

उत्कृष्ट केन्द्र अन्तर्गत केन्द्र नं ५८ मिलिजुली महिला केन्द्र, केन्द्र नं ५ बिष्णु देवि महिला केन्द्र र केन्द्र नं १० सन्तोषी माता महिला केन्द्र रहेका छन प्रत्येक केन्द्रलाई ५ हजार नगद सहित पुरस्कृत गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट सदस्य बनदेवि महिला केन्द्रकी शुस्मा शाह,  दक्षिणकाली महिला केन्द्रकी सुनिता थापा मगर र शिव शक्ति महिला केन्द्रकी मुना भट्टराई २ हजार ५ सय नगद सहित पुरस्कृत भएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि मल्लले देशको आधा हिस्सा महिलाले ओगटेझै सहकारी क्षेत्रमा आवद्ध ७७ लाख जनसंख्या मध्ये करिव ५६ प्रतिशत महिला सदस्यको आवद्धता रहेको बताइन् ।

उनले महिला हरुको सहकारी क्षेत्रमा मह्त्वपुर्ण भुमिका रहेको भन्दै सहकारी क्षेत्रले महिला हकहित संरक्षण, ब्यक्तित्व र नेतृत्व बिकासको लागि उल्लेखनीय कार्य गर्दै आइरहेको बताइन् ।

कानुनमा उल्लेख भए अनुसार महिलाको सहकारी क्षेत्रमा प्रयाप्त नेतृत्व र स्थान नभएको कारण महिला सदस्यहरुले पनि आफ्नो ब्यक्तित्व र क्षमता बिकास गरि नेतृत्व लिन तयार हुनुपर्ने बताइन् ।

संस्थाका अध्यक्ष मनोज कुमार थापा मगरले देशको अर्थतन्त्रमा, बित्तिय क्षेत्रमा, युवा तथा महिला शक्तिकरण, रोजगारी र उद्यमशिलता, कृषि लगायतका क्षेत्रमा सहकारीको योगदान रहेको बताए ।

उनले केही  सहकारीको कमजोरी र लापरबाहीको कारण तथा ऐन कानुनको पुर्ण पालना नगरी सस्था चलाउनाले सहकारी क्षेत्रको बिश्वस्नियता माथि शंका उत्पन्न हुन थालेको बताए ।

तपाइ हाम्रो बहुउद्देश्यीय सहकारी समुदायमा आधारित उत्कृष्ट संस्था रहेकोले सदस्यले एकजुट भै संस्थाको संरक्षण, बिकास र प्रवर्धनमा हातेमालो गर्न अपिल गरे ।



Leave a comment