हाइलाइट

तम्घासमा बैंक सञ्चालनका लागि समन्वय उपसमिति गठन   

तम्घासमा बैंक सञ्चालनका लागि समन्वय उपसमिति गठन    :: Sahakari Akhabar

तम्घास । गुल्मीको तम्घासमा सहकारी बैंकको शाखा सञ्चालनका लागि जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष शेषकान्त गौतमको संयोजकत्वमा समन्वय उपसमिति गठन गरिएको छ । समितिका सदस्यहरुमा यम बहादुर थापा, गुणनीधि शर्मा, तोय नारायण ज्ञवाली, गीता पाण्डे, श्याम पाण्डे र अर्जुन आचार्य रहेका छन् ।

राष्ट्रिय सहकारी बैंक बुटवल शाखाले आयोजना गरेको गुल्मीको तम्घासमा सहकारी बैंक र सदस्य संघ संस्थाहरुबीच अन्तरक्रिया कार्यक्रममा बैंक संचालन समन्वय उपसमिति गठन गरिएको हो । अन्तरक्रियामा बोल्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रलाई वित्तीय रुपमा सक्षम, संस्थागत रुपमा सुशासनयुक्त र प्रविधिमैत्री बनाउनका लागि सहकारी बैंकसंगको सहकार्यका लागि सहकारी संघ संस्थाहरुलाई आव्हान गरे ।

कतिपय सहकारीहरु सहकारी ऐन नियमलाई वास्ता नगर्ने, माथिल्लो निकायमा आवद्ध नभई एक्लै हिड्न खोजेका कारण पछिल्लो समय सहकारीमा समस्या देखिएको छ, अध्यक्ष उप्रेतीले भने –‘सजिलोमा एक्लै र मनपरी ढंगले सञ्चालन भएका सहकारीहरु अप्ठेरो परेपछि अभियान खोज्दै आएका छन् ।’ सहकारीको रकम सहकारीमा राखौ भन्दा वास्ता नगर्ने, सहकारीमा वित्तीय समस्या आएपछि अभियानको साथ खोज्ने प्रवृतिमा सुधार आउन आवश्यक रहेको उनको भनाइ थियो ।

मुसीकोट नगरपालिकाका प्रमुख जीवन खरेलले ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्न वित्तीय तथा क्षमता विकासमा महत्वपूर्ण योगदान गरेको सहकारी क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिका र अभियानबीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकको बुटवल शाखाका प्रमुख नारायण वेलवासेले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गरेका थिए ।     जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष शेषकान्त गौतमको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । 
 



Leave a comment