हाइलाइट

मिलिजुली कालिञ्चोक साकोसको स्थापना दिवसमा बिबिध कार्यक्रम सम्पन्न

मिलिजुली कालिञ्चोक साकोसको स्थापना दिवसमा बिबिध कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसको अबसरमा रक्तदान तथा सम्मान घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवशराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि खड्काले संस्था सदस्यहरुको बिश्वासिलो र आर्थिक हिसाबमा मजुबुत भएको र यस्ता सामाजिक कार्यले गर्दा झन भरपर्दो भएको बताए । संस्थाका सञ्चालक सदस्य  सुरेश चन्द्र खड्काले स्वागत सहित कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बिगु गा.पाका प्रमुख कार्यकारी  शैलेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिब दिल बहादुर केसी र नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्ण प्रसाद पोखरेलले शुभकामना मन्तब्य राखेका थिए ।

कर्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा तथा नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला शाखाको सहकार्यमा भएको थियो । रक्तदान कार्यक्रममा ४३ जनाले रगत दान गगरेका थिए । संस्थाले स्थापना दिवसको दिन आर्थिक बर्ष २०७८।२०७९ मा बिभिन्न बिधामा सम्मानित तथा पुरस्कृत हुने सदस्य र २८ बिधाको सम्मान घोषणा गरेको थियो  ।

उक्त पुरस्कार तथा सम्मान संस्थाको २९ औं साधारण सभाको अवसरमा बितरण गर्ने जनाएको छ । संस्थाले सिंगटी आसपासमा रहेको घाट र मन्दिरहरुमा डस्टबिन बितरण गरिएको थियो भने रगत दान गर्ने ब्यक्तिहरुलाई प्रमाण पत्र बितरण गरिएको छ । 
 



Leave a comment