हाइलाइट

मोरङमा विविध कार्यक्रम गरि नेफ्स्कून स्थापना दिवस मनाईयो 

मोरङमा विविध कार्यक्रम गरि नेफ्स्कून स्थापना दिवस मनाईयो  :: Sahakari Akhabar

विराटनगर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३५ औं स्थापना दिवस मोरङमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । स्थापना दिवसको अवसरमा नेफ्सकुनको फिल्ड कार्यालय विराटनगर, लेटाङ्गले आ आफ्नो ठाउँमा कार्यक्रमको आयोजना गरेर मनाएको हो । 

बचत तथा ऋण सहकारीहरु अर्थात् नेपालको साकोस अभियानको छाता संघको रुपमा चिनिएको नेफ्स्कुनले आफ्नो उपस्थिति भएका सबै ठाउँमा कार्यक्रम गरेको थियो । नेफ्स्कुनको फिल्ड कार्यलय अन्र्तगत बिराटनगर सेवाकेन्द्र विराटनगरले पनि विराटनगरमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको छ । 

सहकारी अभियान्ता तथा नेफ्स्कुनका पूर्व सञ्चालक सदस्य समेत रहेका लक्ष्मि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा  विराटनगर सेवा केन्द्रकी ईन्चार्ज विन्दा भट्टराईले नेफ्सकुनको ऐतिहासिक पृष्ठभूमि,विकासक्रम,हालका कार्यक्रम र सेवाहरु तथा भावि कार्यदिशाका वारेमा प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा लेखा परिक्षक समेत रहेका सापकोटाले सहकारीमा विद्यमान कर व्यवस्था एवं लेखापरीक्षणमा अपनाईने प्रावधान ,लेखानीतिका व्यवस्थाहरु वारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारी अभियानमा नेफ्सकुनको उच्च भूमिकाको कदर गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघका सल्लाहकार विरेद्र यादव, सचिव राकेश दाहाल, वचत संघका संचालक उमेश गुरुङ् लगायतले शुभकनमना मन्तव्य राखेका थिए । कार्यक्रममा महानगरका सहकारी अभियान्ता तथा सञ्चालकहरुको सहभागिता रहेको थियो । स्थापना दिवसको केक पनि काटिएको थियो ।



Leave a comment