तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सहकारीका कारण महिला आत्मनिर्भरताको बाटोमा अघि बढेको बताएका छन् । टरिगाउँ महिला साना किसान सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै खड्काले सहकारीका कारण आर्थिक पक्षमा मात्र नभई महिलालाई नेतृत्व तहमा पु¥याएको बताए ।
खड्काले तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारीको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । सहकारीले कृषिजन्य उत्पादनमा विशेष जोड दिएमा यसको क्षेत्र अझ फराकिलो बन्ने उनले बताए ।
उपप्रमुख स्यानी चौधरीले सहकारीमाफ्त नेतृत्व विकासका साथै बचत संस्कृतिमा समेत टेवा पुग्ने बतान् ।
कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष यमराज केसी, संस्थाका सल्लाहकार चिरञ्जीवि केसी, महिला अधिकारकर्मी सुष्मा गिरी लामिछाने लगायतकाले मन्तव्य व्यक्त गरे । ३४ लाखको लागतमा भवन निर्माण गरिएको हो ।
Leave a comment