हाइलाइट

जिल्ला बचत संघद्धारा सहकारीका समस्या र सामाधानका विषयमा छलफल

जिल्ला बचत संघद्धारा सहकारीका समस्या र सामाधानका विषयमा छलफल :: Sahakari Akhabar

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारीमा देखिएका समस्या तथा सामाधान विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सहकारी विभागका उपरजिष्टार खिमानन्द आचार्यले तत्कालिन डिभिजन सहकारी कार्यालय खारेज भएपछि सहकारी अनुगमन कार्य कमजोर भएको स्विकार्दै सहकारीका समस्या सामाधान पनि सहकारीसगैं रहेको बताए ।

सहकारी ऐनका व्यवस्थाहरु कार्यान्वयन गर्ने क्रममा कर्जा सूचना केन्द्रको मस्यौदा माथि छलफल भइरहेको र कर्जा असुली न्यायधिकारणको कार्यविधि स्विकृतीको लागि मन्त्रालय पठाइसकेको भन्दै उनले  सहकारीहरु बैंक हुन खोज्दा समस्या देखिएकोले सामुदायमा आधारित शब्दलाई मूल मर्ममा रहेर सहकारी संचालन गर्नुपन बताए ।

नेफ्स्कूनका पुर्व अध्यक्ष कैलाश भक्त प्रधानांगले भक्तपुरमा अधिकांश सहकारी समुदायमा आधारित भएकोले राष्ट्रियस्तरमा देखिएको सहकारीको समस्या भक्तपुर नभएको बताए । तर काठमाण्डौ र ललितपुरमा देखिएको समस्याले भक्तपुरलाई पनि असर गर्ने तर्फ सचेत हुनुपन उनको भनाई छ ।

सरकार र अभियान मिलेर अगाडि बढे मात्र सहकारीको समस्या कम गर्न सकिने भन्दै उनले  अभियानले सहि मनसायले समस्या भएका सहकारीमा कुल बचतको ५ प्रतिशत मात्र  फिर्ता गर्न गरेको आह्वानले थप समस्या सिर्जना भएको उलेख्य गरे ।

स्थिरीकरण कोष गठन विधि सहकारी भावना तथा मर्म विपरित रहेकोले संशोधन गर्नुपर्ने विचार उनको  थियो । नियमन निकाय र संस्थाले अनुगमन नबुझ्दा अनुगमन प्रभावकारी नभएको समेत उनले बताए । चाँगुनारायण नगरपालिकाका सहकारी शाखा प्रमख शर्मिला पोखरेलले सहकारी दर्ता तथा शिफारिस गर्ने कार्य बन्द रहेको बताईन ।

सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्र कुमार श्रेष्ठले सहकारीमा समस्या मुल कुरा पत्ता लगाई समाधान गर्नुपर्ने विचार राखे । उनले अनुगमनमा जोड दिनुपर्ने भएता पनि जनशक्ति अभावका कारण गर्न नसकिएको प्रष्ट पारे । भक्तपुर नगरपालिकाका वडा अध्यक्ष हरि प्रसाद वासुकलाले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा जोड्नुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा देखापरेका समस्या तथा समाधान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रमले वित्तीय अनुशासनमा रहेका र समुदायमा आधारित सहकारी संस्थामा सातातिना संकटले असर नर्गने र त्यस्ता संस्थाको विकास तथा प्रवर्दन टेवा पुर्याउने,सञ्चालकले बचत दुरुपयोग गरेको संस्थामा हाल संकट आएको हुँदा उक्त कुरा आमजनतालाई जानकारी गराउने तथा सदस्यहरुलाई सहकारीको निरन्तर शिक्षा प्रदान गर्ने  प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी तरलता अभावको अवस्थामा संस्थाबाट घरजग्गा खरिद नगर्ने र क्षमता भन्दा ठूलो ऋण लगानी नगर्ने, संदस्य केन्द्रीत सेवा र व्यवसाय तथा कार्यक्रमहरु संचालन गर्ने, सहकारीबाट आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको सकारात्मक प्रभावकाबारेमा प्रचार प्रसार गर्ने, वित्तीय अनुशासनका मापदण्डहरु पूर्णरुपमा पालना गरी कारोबार गर्ने एवं  सदस्यहरुको बचत दुरुपयोग गर्ने संचालकहरुलाई कार्वाहीको माग गर्ने जस्ता प्रतिबद्धता पारित गरेको छ ।

सहकारी संस्थाहरुको समयमै साधारण सभा सम्पन्न गरी सदस्यलाई सुसूचित गर्नुपर्ने र सहकारीको पैसा सहकारीमा राखी अभियानलाई बलियो बनाउदै लैजाने जस्ता विषयमा छलफल भएको अध्यक्ष लाखाजुले बताए। कार्यक्रममा संघका उपाध्यक्ष हरि बल्लको स्वागत मन्तव्य र सचिव जगनाथ प्रजापतिले संचालन  गरेका थिए । कार्यक्रम संघमा आबद्ध सदस्य संस्थाहरुबाट ११५ जनाको उपस्थिति रहेको थियो ।



Leave a comment