हेटौडा । हेटौंडा उपमहानगरका मेयर मिना कुमारी लामाले सहकारीले उत्पादनसँग जोडर काम गर्नुपर्ने बताएकी छन् । हेटौंडा उपमहानगर वडा नम्बर ४ स्थित श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको कार्यालय उद्घाटन गर्दै मेयर लामाले साना व्यवसायीलाई लक्षित गरी लगानी गर्न आग्रह गर्न जोड दिइन् ।
कृषि, पशु, लघुउद्यम जस्ता क्षेत्रमा लगानी गर्ने सहकारीलाई उपमहानगरले प्रोत्साहन गर्ने उनको भनाइ छ । संस्थाका कोषाध्यक्ष विरेन्द्रप्रसाद ढुङ्गानाले असार मसान्तसम्ममा २३ करोड ७६ लाख कुल कारोबार भएको बताए ।
३ करोड ५८ लाख ६१ हजार ६ सय शेयर पुजीँ रहेको सहकारीमा २ हजार १९९ जना शेयर सदस्य छन् । १५ करोड १८ लाख ३३ हजार ३ सय बचत संकलन गरी १८ करोड ५१ लाख ५२ हजार ऋण प्रवाह गरेको कोषाध्यक्ष ढुङ्गानाले बताए । जगेडा कोषमा ९२ लाख ८२ हजार छ ।
Leave a comment