हाइलाइट

हाम्रो चित्रवन साकोसको सहकारी शिक्षा तालिम सम्पन्न

हाम्रो चित्रवन साकोसको सहकारी शिक्षा तालिम सम्पन्न :: Sahakari Akhabar

चितवन । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाको  हाम्रो माइती सेवा केन्द्रले साउन २५ गते संस्थाका नयाँ सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।

संस्थाको नियमित कार्यक्रम अन्तर्गत आयोजित सदस्य शिक्षा तालिममा संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले सहकारिता, सदस्यहरुको काम कर्तव्य र संस्थाका सेवाका प्रकारहरु, डिजिटल साक्षरता, सदस्यले प्राप्त गर्ने सेवा र सुबिधा, संस्थाले प्रयोगमा ल्याएको मोबाइल एप्स र एटीएम भिसा कार्डको बारेमा प्रशिक्षण दिएका थिए ।

संस्थाका संचालक तथा सेवाकेन्द्र व्यवस्थापन उप समितिको संयोजक यमप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षणमा संस्थाका प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले सदस्यहरुबाट उठाएका जिज्ञासाहरुलाई प्रष्टपारेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्षले संस्थाले प्रयोगमा ल्याएको एटीएम भिसा कार्ड समेत वितरण गरेका थिए । तालिममा ३६ जना सदस्यहरुको सहभागी रहेको थियो । तालिममा सहभागीहरु मध्येबाट गोलाप्रथाबाट तीन जनालाई हाम्रो चित्रवन कोसेली प्रदान गरिएको थियो ।

यसैगरी साउन २६ गते ११ बजे संस्थाको मुख्य कार्यालयको सभा हलमा संस्थाले दीपज्योति सेवा केन्द्र, अभिबृद्धी सेवाकेन्द्र र गौरवमय सेवा केन्द्रका नयाँ सदस्यहरुलाई सहकारी शिक्षा तालीमको समेत आयोजना गरेको छ ।
 



Leave a comment