हाइलाइट

सहकारीको प्रभावकारी नियमन गरिने

सहकारीको प्रभावकारी नियमन गरिने :: Sahakari Akhabar

महोत्तरी । गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले सहकारीको नियमन प्रभावकारी बनाउने बताएका छन् । सानाकिसान सहकारी संस्था कान्तिबजारले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख डा महतोले सहकारीको नियमनमा जोड दिइने बताए । ‘कार्यक्षेत्रभित्रका सहकारीलाई प्रक्रियागत रूपमा नियमन गरि व्यवस्थित गर्ने छौं’ उनले भने । 

ग्रामीण भेगमा सञ्चालित सहकारीले अर्थतन्त्र चलायमान बनाउन सहजीकरण गरेको उनले बताए । ‘सहकारीमार्फत आर्थिक समुन्नतको पथमा जान समन्वयनकारी भूमिका निर्वाह गर्ने छौं’ महतोले भने । वित्तीय कारोवार गर्ने र उत्पादन गर्ने सहकारीलाई प्रोत्साहन गरी सदस्यको जीवनस्तर सुधार गर्दैै उत्पादन बढाउन ध्यान दिने उनले बताए । 

संस्थाका प्रबन्धक रामदयाल महतोले संस्थामा १ हजार १ सय २९ जना सेयर सदस्य रहेको बताए । संस्थाको २२ लाख खुद नाफा गरेको छ । आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालनमा आएको सो संस्थाले हालसम्म २ सय ५ वटा समूह गठन गरी सदस्यको आर्थिक उन्नतीमा सघाइरहेको जनाएको छ । 
 



Leave a comment