हाइलाइट

क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काभ्रे । श्रीजनमैत्री बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक र ब्यबस्थापनको क्षमता अभिवृद्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । शिक्षा उपसमिति संयोजक श्यामहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वरिष्ठ व्यवस्थापक बेदप्रसाद सापकोटाले गरे । प्रशिक्षक कवि न्यौपानेले प्रशिक्षण दिएका थिए । तालिममा सञ्चालक र व्यवस्थापन कर्मचारी गरी ३० जना सहभागी थिए ।

श्रीजनमैत्री काभ्रेका चारवटा संस्था एकीकरण भएर बनेको संस्था हो । फुलचोकी, माने दोभार, पञ्चकन्या र निलकमल सहकारी मर्ज भएर श्रीजनमैत्री बनेको हो । संस्थाले ३१ करोडको कारोबार गर्दै आएको छ । संस्थामा करिब ३ हजार सदस्य छन् । 



Leave a comment