हाइलाइट

सामूहिक साकोसको व्यवसायिक योजना तथा बजेट तर्जुमा गोष्ठी

सामूहिक साकोसको व्यवसायिक योजना तथा बजेट तर्जुमा गोष्ठी :: Sahakari Akhabar

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी पञ्च वर्षिय रणनितिक ब्यावसायिक योजना तथा आ.व. २०७९ / ८० बजेट र भावी कार्यदिशा सम्बन्धमा गोष्ठी आयोजना गरेको छ । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शूरु गरिएको कार्यक्रममा  नेस्फ्कुनका पुर्व सिइओ कुवेर निरौलाले सहजिकरण गरेका थिए ।

कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, पूर्व अध्यक्ष र कर्मचारीहरु सहभागि रहेका थिए । गोष्ठीमा ब्यवसायिक योजना तथा बजेट माथि अन्तरक्रिया गर्दै आगामी दिनका लािग तयार गरिने बजेटका लागि मार्गनिर्देशन गरिएको थियो ।

कार्यक्रममा सहजकर्ताले नीतिगत ब्यवस्था, कानुनी व्यवस्था र आवश्यक तालिमहरुबारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा सहभागिहरुबाट उठेका जिज्ञाषाको उत्तर दिँदै सहजकर्ता निरौलाले संस्था बलियो बनाउने आधारहरुलाई समेटेर संस्थामा दिगो बनाउन बचतलाई प्राथमिकता दिनुपर्ने, लागत बढि पर्ने बचतलाई न्यूनिकरण गर्दै जानुपर्ने जनाएका थिए ।



Leave a comment