चितवन । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक बर्ष २०७८।०७९ को वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्थाका सचिव कृष्णप्रसाद पौडेलले आर्थिक बर्ष २०७८।०७९ को वार्षिक प्रगती समीक्षा सगैं आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको बारेमा विवरण प्रस्तुत गरेका थिए । संस्थाले आगामी नीति तथा कार्यक्रममा आगामी वर्ष वित्तीय कार्यक्रमका साथै सदस्य सेवा कार्यक्रम, सुशासन सम्वन्धी कार्यक्रम, सामुदायिक उत्तरदायीत्वका कार्यक्रम, तालिम तथा शिक्षा कार्यक्रम, प्रविधिको बिकास र प्रयोग सम्बन्धि व्यवस्था लगायतका बिषय समेटीएको बताए ।
बैठकमा प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले गत आवको प्रगति समीक्षा संगै आव २०७९।०८० को लागी १ अर्व ४० करोड ७८ लाख ७३ हजारको कुल पुजी सहित ५ करोड ३१ लाख ४० हजार मुनाफा पुर्याउने प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।
समीक्षा बैठकमा अध्यक्ष खड्काले संस्थाले गत बर्षको आन्तरिक लेखा परिक्षण र अन्तिम लेखा परिक्षण कार्य सम्पन्न भएको र चालु आ।व।मा सामाजिक लेखा परिक्षणको कार्य भईरहेको हुदा यसवाट संस्था सुशासनमा जाने र संस्थाले यस वर्ष स्तरिकरण कार्यक्रम अन्तरगत एक्सेस कार्यक्रमको समेत अडिट गर्ने बताए ।
उनले संस्थाले एटिएम सेवा अन्तरगत भिजा कार्ड प्रयोगमा ल्याएको, मोवाईल एप्स,क्यूआर कोड संचालनमा आएको जानकारी गराए । चालु आर्थिक बर्षको लागि संस्थाले लिएको नीति कार्यक्रम र बजेटलाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याएर शेयर सदस्यलाई १२ प्रतिशत लाभांश दिने अध्यक्ष खड्काले घोषणा गरे ।
Leave a comment