हाइलाइट

जागरुक सहकारीद्धारा २२ जनालाई स्वरोजगार कर्जा वितरण

जागरुक सहकारीद्धारा २२ जनालाई स्वरोजगार कर्जा वितरण :: Sahakari Akhabar

विराटनगर । विराटनगरमा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्थाले सहकारीका २२ जना शेयर सदस्यलाई स्वरोजगार कर्जा वितरण गरेको छ । सहकारीले शनिबार एक कार्यक्रमको आयोजना गरी चेक हस्तान्तरण गरेको छ ।

नेपाल सरकार यूवा तथा साना ब्यवसायी स्वरोजगार कोष सचिवालय काठमाडौ र जागरुक बचत तथा ऋण सहकारी बिच भएको समझौता अनुसार पहिलो चरणमा २२ जना संस्थाका सदस्यहरूलाई स्वरोजगार कर्जा वितरण गरेको हो ।

राष्ट्रिय सहकारी महासंघ नेपालका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैक लि.का पूर्व अध्यक्ष रमेश पोख्रेलको प्रमुख आतिथ्यता तथा  बिराटनगर महानगरपालिका बडा न. १३,१४ र १६ का बडा अध्यक्ष क्रमश सुर्यलाल यादब,सुर्यनारयण महतो र उद्वव भुजेल र स्वरोजगार कर्जा सहजकर्ता मोरङका पुर्ण दाहालको सहभागितामा चेक वितरण गरिएको सहकारीका सचिव उमेश गुरुङले जानकारी दिए ।

स्वरोजगार कर्जा वितरणसँगै कर्जा लागनेहरुलाई स्वरोजगार कर्जा अभिमुखिकरण कार्यक्रम पनि सञ्चालन गरिएको गुरुङले बताए । सहकारीले विगत देखि नै आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउनका लागि स्वरोजगार कर्जा वितरण गर्दै आएको उनले बताए । आगामि दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने सचिव गुरुङले जानकारी दिए ।



Leave a comment