काठमाडौं । काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुले एकीकरणको सुरुवात आफैबाट गर्ने प्रतिवद्धता गरेका छन् । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) ले आयोजना गरेको काठमाडौं साकोस समिट–२०७९ नौ बुँदे प्रतिवद्धता पत्र जारी गर्दै अधिक दोहोरो सदस्य भएका संस्थाहरु एकीकरणमा लैजान अगुवाई गर्ने प्रतिवद्धता गरेका हुन् ।
बौद्ध स्थित ह्यात रिजेन्सी होटलमा आज आयोजित गोष्ठीमा कार्यपत्रमाथिको छलफल पश्चात प्रतिवद्धता पत्र जारी गरेका हुन् । प्रतिवद्धता पत्रमा सहकारी संघहरुले गर्ने अनुगमन एवं सुपरीवेक्षणमा सक्रिय सहभागी हुने, सहकारी विभागले अगाडि सारेकोप्रवर्धनात्मकर निर्देशनात्मक कार्यक्रममा विषयगत जिल्ला तथा केन्द्रीय संघ र विभागसंग समन्वय गरि एकरुपता कायम गर्ने र जिल्ला भित्रका साकोसलाई जोखिममा आधारित साकोस सुपरीवेक्षण, स्तरीकरण तथा स्थिरीकरण कार्यक्रममा आवद्ध गर्ने उल्लेख छ ।
यसैगरी तथा ऋण सहकारीका लागि वित्तीय सहकारी ऐन जारी गर्न छाता संघले गर्ने बहस पैरवीमा ऐक्यवद्धता, संस्थागत पुँजी वृद्धिको अभियानमा लाग्ने वित्तीय मापदण्ड पुरा गर्दै जाने प्रतिवद्धता पनि गरेका छन् । ‘साकोस समस्या समाधान’ थिममा भएको कार्यक्रममा सहकारी विज्ञ डा. शिबजी सापकोटा, ऋषिराज अधिकारी र रजिष्ट्रार रुद्रप्रसाद पण्डितको कार्यपत्रमा विभिन्न विज्ञको टिप्पणी तथा छलफल थियो ।
प्रतिवद्धता पत्र


Leave a comment