हाइलाइट

मोरङ सहकारी अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम सुरु

मोरङ सहकारी अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम सुरु :: Sahakari Akhabar

विराटनगर । ठुला मेडिकल कलेजहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिहेको अवस्थामा विराटनगरको मोरङ सहकारी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरू गरेको छ । विराटनगर – २ शंकरपुर सोमबारेहाटमा आफनै भवनबाट अस्पतालले आइतबारबाट स्वास्थ्य बिमा कार्यक्रमको शुभराम्भ गरेको हो ।

एक सय शैयाको जेनेरल अस्पतालमा सम्पूर्ण स्वास्थ्य सेवाहरू रहेको छ । आर्थिक अवस्था नाजुक भएका घर परिवारहरूलाई लक्षित गरि अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको अस्पतालका संचालक बिकास अधिकारीले बताए ।

‘मोरङ सहकारी हस्पिटल सहकारी अन्तर्गतको अस्पताल पनि हो । त्यही भएर पनि आर्थिक विपन्न परिवारलाई लक्षित गर् िहामीले स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरेका हौं,’ उनले भने, ‘स्वास्थ्य बिमा गरेका विरामीले अब बिमाबाट पनि उपचार गर्न सक्नेछन् ।’
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000