विराटनगर । ठुला मेडिकल कलेजहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिहेको अवस्थामा विराटनगरको मोरङ सहकारी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरू गरेको छ । विराटनगर – २ शंकरपुर सोमबारेहाटमा आफनै भवनबाट अस्पतालले आइतबारबाट स्वास्थ्य बिमा कार्यक्रमको शुभराम्भ गरेको हो ।
एक सय शैयाको जेनेरल अस्पतालमा सम्पूर्ण स्वास्थ्य सेवाहरू रहेको छ । आर्थिक अवस्था नाजुक भएका घर परिवारहरूलाई लक्षित गरि अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको अस्पतालका संचालक बिकास अधिकारीले बताए ।
‘मोरङ सहकारी हस्पिटल सहकारी अन्तर्गतको अस्पताल पनि हो । त्यही भएर पनि आर्थिक विपन्न परिवारलाई लक्षित गर् िहामीले स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरेका हौं,’ उनले भने, ‘स्वास्थ्य बिमा गरेका विरामीले अब बिमाबाट पनि उपचार गर्न सक्नेछन् ।’
Leave a comment