दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले व्यवसाय विस्तारमा प्राथमिकता दिएको छ । संस्थाले वित्तीय कारोबारसँगै रेडियो हाम्रो पहुँच, पेट्रोलपम्प, विद्यालय र डेरी उद्योग सञ्चालन गरेको छ । अध्यक्ष शुक्रराज भण्डारीले सबै व्यवसायबाट ९० जनाले प्रत्यक्ष रोजगारी पाएको बताए ।
संस्थाले गतवर्षको समीक्षा तथा पुनरावलोकन गरेको छ । तीन दिने कार्यशाला गोष्ठी गरी चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरेको अध्यक्ष भण्डारीले बताए । संस्थाले पञ्चवर्षीय रणनैतिक योजनाको पुनारावलोकन र चालु वर्षमा सञ्चालन हुने कार्यक्रम र बजेटका विषयमा छलफल गरेको अध्यक्ष भण्डारीले बताए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले यस वर्ष व्यवसाय विस्तारमा जोड दिइने बताए । भइरहेका व्यवसायको गुणस्तर बढाउनुका साथै नयाँ योजना पनि ल्याउने तयारी भएको उनले बताए । सहकारी संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक सुर्यप्रसाद शर्माले संस्थालाई बलियो बनाउन नेतृत्व विकास गर्न आवश्यक रहेको बताए ।
उनले संस्थालाई आर्थिकरुपमा सबल बनाउन बचत वृद्धि गर्नुपर्ने बताउँदै कर्मचारी पनि समयानुकुल परिवर्तन हुनुपर्ने उनको भनाइ थियो । सञ्चालक समिति, लेखा समिति तथा उपसमितिको काम कर्तव्य, अधिकार र योग्यता, व्यवसायीक आचारसंहिताका विषयमा संस्थाका विषयमा प्रशिक्षण दिइएको थियो ।
अधिकांश बहुउद्देश्यीय सहकारीले बचत तथा ऋण मात्रै गर्दै आएका छन् । सहकारी ऐन २०७४ अनुसार मुख्य कारोबारको प्रावधान कार्यान्वयन गर्न नसक्दा पनि नियमक निकाय मौन छन् ।
Leave a comment