हाइलाइट

क्यान्सर पिडितलाई रमाईलो जनएकता साकोसको सहयोग

क्यान्सर पिडितलाई रमाईलो जनएकता साकोसको सहयोग :: Sahakari Akhabar

चीना थापा, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका २ की फिनी चौधरी ७० बर्षकी भईन । उनी ५ बर्षदेखि क्यान्सरबाट पिडित छिन् । विहान खाए बेलुका के खाउ हुने उनलाई उपचार गर्न सक्ने अवस्था नै छैन। फिनीका तीन छोरी थिए । विहे गरेर अर्काको घरमा गईसकेका छन् । छोरीहरुको पनि आमालाई उपचार गर्न सक्ने अवस्था छैन ।

अहिले उनी जेठाजु धनीरामको घरमा बसिरहेकी छिन् । फिनीका श्रीमान् ६६ बर्षका भए । श्रीमान् कन्तलालको पनि शरीरको एक पाटो चल्दैन । छोरीको छोरोलाई सहारा बनाएर जीवन गुजारा गरिरहेकी फिनीलाई कसैले दिएको सानो सहयोग पनि ठूलो लाग्ने गरेको छ ।

अरुको काम गरेर गुजारा चलाईरहेकी फिनी चौधरी आफ्नो थोरै कमाई हुँदा कानेपोखरीमा रहेको रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्थाको सदस्य बनेकी थिईनन् । आफुले कमाएको थोरै रकम भएपनि सहकारीमा जम्मा गर्ने गरेकी थिईन । तर, अहिले सहकारीमा जम्मा गर्नु त परको कुरा विहान बेलुका छाक टार्न नी उनलाई धौं धौं छ ।

उनले बचत गर्न  छाडेको पनि ५ बर्ष भईसक्यो । तर, उनी सहकारीमा सदस्य बनेपछि बचत गर्न छाडेपनि सहकारीले सहयोग गरिरहेको छ । सहकारीबाट गर्न सकिने सहयोग बेला बेलामा गरि नै रहेको सहकारीका अध्यक्ष भोला अधिकारीले बताए ।

सहकारीले गम्भीर प्रकृतिका रोग लाग्दा सहयोग पनि गर्ने गरेको छ । फिनीलाई पनि उपचारमा सहयोग पुगोस् भनेर सहकारीले १० हजार सहयोग गरेको छ । सहकारीका अध्यक्ष अधिकारीले उनको घरमा नै पुगेर सहयोग गरेका हुन ।

सहयोग रकम बुझ्दै फिनीले दुःख पर्दा सहकारीले हेरेको भन्दै खुसी व्यक्त गरिन् । उनलाई सहयोग भन्दा पनि आफुसँग बसेको नातीलाई कसैले जागिर लगाईदिए हुन्थ्यो भन्ने चाहना छ । नातीको सहारामा बस्नुपरेकोले आफ्नो भन्दा नी उनलाई नातिकै चिन्ता छ ।

नातितिर हैर्दै भनिन्, ‘बरू यसलाई कसै कसैले कतै काम लगाइ दिए राम्रो हुने थियो । मलाई कडा रोग लागेको छ भनेर डाक्टरले भनेका छन् । केही वर्ष भयो थाहा भएको । डाक्टरलाई जँचाएको थोरै पैसाले निको हुँदैन भनेको छ । आफूसँग बिहानबेलुका दुई छाक खाने अन्न जुटाउन त गाह्रो छ । अनि कसरी उपचार खर्च जुटाउन सक्नु र ।’ तपाईहरुले गरेको सहयोगले कत्तिन्जेल खाने हो ।

अरुको सहयोग भन्दा नातीलाई कमाउने ठाउँ दिए आफूहरुलाई गुजारा चलाउन सजिलो हुने उनको भनाई छ । रोगको उपचार गर्न नसकेपनि बाँचुन्जेल खाने बाटो भए हुने उनले बताईन । राहत वितरणमा गएकासामु आफ्नो गुखेसो रोखेकी फिनीलाई सहकारीले नातीलाई काममा लगाउन सहयोग गर्ने जनाएको छ ।



Leave a comment